देउवालाई ज्योतिषले सात पटक प्रधानमन्त्री बन्ने योग छ भनेपछि.. — OSNepal

देउवालाई ज्योतिषले सात पटक प्रधानमन्त्री बन्ने योग छ भनेपछि..

LC (KTM) October 20, 2022 0

काठमाडौं । सुदूरपश्चिम प्रदेशको दुर्गम पहाडी जिल्ला डडेल्धुराको गन्यापधुरा–१ मा मध्यम वर्गीय परिवारमा जन्मेका शेरबहादुर देउवा नेपाली कांग्रेसका सभापति हुन् । पाँचौंपटक मुलुकको प्रधानमन्त्रीको जिम्मेवारीमा रहेका देउवालाई उनकै पार्टीका नेता तथा कार्यकर्ताले भाग्यवादी अर्थात् भाग्यमा विश्वास गर्ने नेताका रूपमा चित्रण गर्दछन् ।

ज्योतिषले सात पटक प्रधानमन्त्री बन्ने योग छ भनेको कुरा बिनासंकोच सुनाउनपछि नपर्ने देउवा नेपाली राजनीतिमा सत्ता र शक्तिमाहिर खेलाडीका रूपमा चिनिन्छन् ।

पञ्चायती शासन व्यवस्था प्रारम्भ भएसँगै २०२२ सालबाट संगठित राजनीतिमा लागेका देउवाले प्रधानमन्त्री, मन्त्री र अहिलेजस्तो सुखसयलको सायदै कल्पना गरेका थिए होलान् । मुलुकमा २०४७ सालमा प्रजातन्त्र पुनर्बहाली भएपछि अहिलेसम्म निरन्तर शक्तिको केन्द्रमै छन् उनी । नेपाल विद्यार्थी संघको अध्यक्षदेखि पार्टी सभापति र पटकपटक प्रधानमन्त्रीको जिम्मेवारीमा देउवा पुगेका छन् ।

२०४८ सालपछि सत्ता र शक्तिको वरिपरि कहिले देउवा छन् भने कहिले देउवाको वरिपरि सत्ता र शक्ति घुम्दै आएको छ । पार्टीका नेतालाई मात्र होइन, विपक्षीलाई पनि मिलाउन सिपालु देउवा ज्योतिषले भनेअनुसार सातपटक प्रधानमन्त्री हुन लालायित छन् ।यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर