अपूर्वक्षितिजमाथि ज्यादती भयो भन्दै बोले रवीन्द्र मिश्र, भने हद पार गरेर कसैलाई पनि अन्याय गर्नुहुन्न — OSNepal

अपूर्वक्षितिजमाथि ज्यादती भयो भन्दै बोले रवीन्द्र मिश्र, भने हद पार गरेर कसैलाई पनि अन्याय गर्नुहुन्न

LC (KTM) October 20, 2022 0

काठमाडौं, कात्तिक ३ । कमेडियन अपूर्वक्षितिज सिंहमाथि ज्यादती भएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का वरिष्ठ उपाध्यक्ष तथा काठमाडौं क्षेत्र नम्बर १ का उम्मेदवार रवीन्द्र मिश्रले आवाज उठाएका छन् । स्ट्यान्डअप कमेडियन अपूर्वक्षितिज सिंहले माफी मागि सकेर युट्युबबाट कमेडी हटाइसक्दा पनि उनीविरुद्ध ज्इादती गरिएको भन्दै नेता मिश्रले हद पार गरेर कसैलाई अन्इाय गर्न नहुने प्रतिक्रिया दिएका छन् ।

बिहीबार सामाजिक सञ्जालमा लेख्दै रविन्द्रले भनेका छन् ‘अति नगरौं ! जातीय भावनारसद्भाव कसरी कमजोर हुँदैछ भन्ने कुराको ज्वलन्त उदाहरण हो, स्ट्यान्डअप कमेडियन अपूर्व क्षितिजको घटना,’ उनले भनेका छन्।

जाती विद्वेष फैलाउने, सद्भाव बिखण्डित पार्नेहरू नेता भएर हिँडेको पनि उनको भनाइ छ। कमेडियन अपूर्वक्षितिजलाई मंगलबार काठमाडौं जिल्ला अदालतमा पेश गरिएको छ। उनको आज बयान लिइने काठमाडौं जिल्ला अदालतका प्रवक्ता दिपक दाहालले जानकारी दिए। कमेडी क्याफेको आयोजनामा भएको स्ट्यान्ड(अप कमेडीको भिडिओ भदौ १० गते युट्युबमा हालिएको थियो।

‘नेवारको परम्परा’ शीर्षकमा राखिएको उक्त भिडिओको २४ घन्टा नबित्दै आलोचना र विरोध भएको थियो। त्यसपछि अपूर्वले भिडिओ हटाएर फेसबुकमार्फत् माफी मागेका थिए। यसमा माफी हुन नसक्ने भन्दै अभियन्ताको समूह जाहेरी लिएर प्रहरीकहाँ पुगेको थियो। सरकारी वकिलको कार्यालयले अपूर्वक्षितिजलाई एक देखि पाँच वर्षसम्मको सजाय माग गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर