अवैध लागूऔषसहित सुर्खेतबाट तीन जना पक्राउ — OSNepal

अवैध लागूऔषसहित सुर्खेतबाट तीन जना पक्राउ

LC (KTM) October 20, 2022 0

काठमाडौं, ३ कात्तिक :कास्की र सुर्खेतबाट अवैध लागूऔषसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । कास्कीको पोखरा महानगरपालिका–३२ बडहरेबाट १ केजी ९ सय ग्राम गाँजासहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २६ वर्षीय दान बहादुर भुजेल र २० वर्षीय अरुण सुनार रहेका छन् । प्रहरी चौकी जनताको चौताराबाट खटिएको प्रहरीले भुजेलकै घरमा जाँच गर्ने क्रममा उनीहरुलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।

सुर्खेतको भेरीगंगा नगरपालिका–१२ बाट ३ ग्राम ५५ मिलिग्राम ब्राउनसुगरसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बहराईज नानपरा घर भई बिरेन्द्रनगर नगरपालिका–३ गण्डकी लाईन बस्ने २६ वर्षीय लियाकत अलीले छन् । उनलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरीले नेपालगञ्जबाट सुर्खेततर्फ जाँदै गरेको बा.५ च ३७७२ नम्बरको गाडीलाई जाँच गर्ने क्रममा गाडीमा सवारी उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

एनआरएनएले गर्‍याे स्वर्णधारी दुई खेलाडीलाई सम्मान:गैरआवासीय नेपाली संघले नवाैं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पौडी विधाका स्वर्ण पदक विजेता खेलाडी एस्ली सापकोटा डंगोल र आशीष सापकोटा डंगोललाई सम्मान गरेकाे छ । बिहीबार एक कार्यक्रम गरी स‌ंघले खेलाडीद्वयलाई सम्मान गरेकाे हाे ।संघकाे सचिवालयले आयाेजना गरेकाे कार्यक्रममा संघका अध्यक्ष डा.बद्री केसी, उपाध्यक्ष महेश श्रेष्ठ, युवा उपाध्यक्षद्वय रोशन थापा र राज रेग्मी तथा महिला सचिव राधिका गुरुङले उनीहरूलाई सम्मान गरेका हुन् । साथै उनीहरूका आमा र प्रशिक्षकलाई पनि सम्मान गरिएकाे थियाे ।

गण्डकी प्रदेशको पोखरामा आयोजना गरिएको राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आयोजना भएको पौडी प्रतियोगितामा एस्ली सापकोटाले ६ स्वर्ण र आशिष सापकोटा डंगोलले तीनवटा स्वर्ण पदक जितेका छन् । स्वर्णधारी खेलाडीद्वयले संघको तर्फबाट प्रतियोगितामा भाग लिन पाएकोमा गर्व महसुस गर्दै संघप्रति धन्यवाद प्रकट गरे ।संघका अध्यक्ष केसीले अब आउने प्रतियोगितामा विदेशमा रहेका दोस्राे पुस्ताका ट्यालेन्टेड युवाहरूलाई खोजेर सहभागी गराई नेपालको खेलकुद प्रवर्द्धन गर्नुपर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर