प्रधानमन्त्री देउवा पोखरामा, नवौं खेलकुद प्रतियोगिता समापन गर्ने — OSNepal

प्रधानमन्त्री देउवा पोखरामा, नवौं खेलकुद प्रतियोगिता समापन गर्ने

LC (KTM) October 20, 2022 0

काठमाडौं, ३ कात्तिक:प्रधानमन्त्री शेरबहादुर देउवा पोखरा पुगेका छन् । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको समापनका लागि प्रधानमन्त्री देउवा पोखरा पुगेका हुन् ।पोखरालगायत गण्डकी प्रदेशका विभिन्न सहरमा गत २६ असोजदेखि सुरु भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आज सकिँदैछ । प्रतियोगितामा विभिन्न प्रदेश र विभागीय टिमले सहभागिता जनाएका थिए । अहिलेसम्म नेपाल आर्मी सर्वाधिक स्वर्ण जितेर पहिलो स्थानमा छ ।

माधव नेपाललाई कारबाही गर्न रौतहट प्रहरीलाई पत्राचार:निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालसँग स्पष्टीकरण सोध्नुका साथै उनलाई कारबाही गर्न जिल्ला प्रहरी कार्यालय रौतहटका नाममा पत्राचारसमेत गरेको छ । आफूले जितेमा युवालाई वैदेशिक रोजगारीको व्यवस्था गर्ने अभिव्यक्ति दिएको भन्दै रौतहट क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार नेपालसँग २४ घण्टे स्पष्टीकरण सोधेको आयोगले कारबाहीका लागि रौतहट प्रहरीलाई पत्राचार गरेको हो ।

रौतहटमा आयोजित कार्यक्रममा अध्यक्ष नेपालले ‘बिना ढेउवा के भिसा मिल्ते है, टिकट मिल्ते है, काठमाडौंमे तालिम मिल्ते है भनी दिएको वक्तव्य सामाजिक सञ्जालमा सार्वजनिक भएको र यस विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको आयोगमा पत्रमा उल्लेख छ । सोहीअनुसार आयोगले कारबाही प्रक्रिया अगाडि बढाउन पनिे रौतहट प्रहरीलाई पत्राचार गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर