दिवालीमा पटाका पड्काउन मन पराउदैनन् अनुष्का सहित उनका पति विराट कोहली — OSNepal

दिवालीमा पटाका पड्काउन मन पराउदैनन् अनुष्का सहित उनका पति विराट कोहली

LC (KTM) October 20, 2022 0

मुम्बई, ३ कात्तिक –
भारतमा धूमधामका साथ दिपावली (दिवाली) मनाइन्छ । हरेक वर्षझैं यो वर्ष पनि धूमधामका साथ दिपावली मनाउने तयारी भइरहेको छ । मानिसहरू बजारदेखि घरमा पनि बिजुली जोडेर उज्यालो बनाइरहेका छन् । दिवालीमा अधिकांशले पटाका पनि पड्काउँछन् । बलिउडका केही सेलिब्रेटी छन्, जो पटाकादेखि टाढा हुन्छन् ।

प्रियंका चोपडा

यो सूचीमा पहिलो स्थानमा अभिनेत्री प्रियंका चोपडा पर्छिन् । उनलाई अस्थमाको समस्या छ र पटाकाबाट निस्कने धुँवाले उनलाई श्वास लिन समस्या हुन्छ । यो कुराको जानकारी उनले एक अन्तर्वार्तामा दिएकी थिइन् । तर लगत्तै उनले सिगरेट पिउँदै गरेको एक तस्बिर भाइरल भएपछि उनी ट्रोल बनेकी थिइन् ।

आलिया भट्ट

अभिनेत्री आलिया पनि पटाका विरोधी अभिनेत्रीमा पर्छिन् । उनी हरेक वर्ष दिवालीमा पटाका नपड्काउन आह्वान गर्छिन् ।

अनुष्का शर्मा

अभिनेत्री अनुष्का दीप, मिठाईका साथ दिवाली मनाउन मन पराउँछिन् । गत वर्ष जब क्रिकेटर पति विराट कोहलीले दिवालीमा पटाका नपड्काउन अपिल गरेका थिए, मानिसले क्रिकेटरसँगै अभिनेत्रीबीच विभेद छुट्याएका थिए ।

सोनम कपूर

अभिनेत्री सोनम पनि पटाका पड्काउन मन पराउँदिनन् । पटाकाले मानिससँगै जनावरलाई पनि असर गर्ने भएकाले नपड्काउन उनको अपिल आउने गर्छ ।

आमिर खान
आमिरले एक विज्ञापनमार्फत पटाका नपड्काउन अपिल गरेका थिए । यो अपिलपछि उनलाई ट्रोल बनाइएको थियो ।

अजय देवगन

अभिनेता अजय पटाका पड्काउन मन पराउदैनन् । पटाकाले वायु प्रदूषणसँगै जनावरलाई पनि असर पर्ने उनको मान्यता छ ।

नेहा धूपिया

अभिनेत्री नेहाले पर्यावरण बचाउन गत वर्ष आममानिसलाई पटका नपड्काउन अपिल गरेकी थिइन् । उनले पटाकालाई पर्यावरणसँगै बालबच्चामा पनि असर पर्ने दाबी गरेकी थिइन् ।

हर्षवर्द्धन कपूर

अभिनेता अनिल कपूरका छोरा हर्षवर्द्धनले एक ट्विटमार्फत दिवालीमा पटाका नपड्काउन अपिल गरेका थिए । तर अपिल गरेको केही समयमै ट्विट हटाएका थिए । किनकि उनका फ्यानले अनिल कपूरले पटाका पड्काउँदै गरेको तस्बिर उनको सामाजिक सञ्जाल एकाउन्टमा पठाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर