थाहा पाउनुहोस् शनिबारसम्मको मौसम पूर्वानुमान – OSNepal

थाहा पाउनुहोस् शनिबारसम्मको मौसम पूर्वानुमान

Osnepal September 29, 2022 0

काठमाडौं, १३ असोज:

आज मुलुकका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १, मधेश र बागमतीका एक-दुई स्थानमा वर्षाको सम्भावना रहेको छ ।

राति प्रदेश १ र बागमतीका एक-दुई स्थानमा हल्का वर्षाको आकलन गरिएको छ ।

शुक्रबार पहाडी भूभागका एक-दुई स्थानमा वर्षाको सम्भावना रहेको छ । शनिबार पनि पहाडी भूभागका एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर