धनुषामा २८ वर्षिय काका रविले चार वर्षीय भतिजलाई रडले टाउकोमा हिर्काए — OSNepal

धनुषामा २८ वर्षिय काका रविले चार वर्षीय भतिजलाई रडले टाउकोमा हिर्काए

LC (KTM) September 29, 2022 0

जनकपुरधाम :

धनुषामा फलामको रड प्रहारबाट चार वर्षीय बालकको ज्यान गएको छ ।धनुषाको क्षिरेश्वरनाथ नगरपालिका(५ महेन्द्रनगरमा बुधबार दिउँसो ३ बजे २८ वर्षका रवि पासवानले रडले हिर्काउँदा उनका चार वर्षीय भतिज अनुप पासवानको मृत्यु भएको हो ।

धनुषाका प्रहरी प्रवक्ता डीएसपी प्रदीपबहादुर क्षेत्रीका अनुसार रड प्रहारबाट बालक गम्भीर घाइते भएका थिए । स्थानीय स्वास्थ्य संस्थामा उपचारको क्रममा उनको मृत्यु भएको हो ।

प्रहरीले रविलाई पक्राउ गरेर इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका हिरासतमा राखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर