सेना र प्रहरीले किन टेरेन काठमाडौं महानगरलाई ? — OSNepal

सेना र प्रहरीले किन टेरेन काठमाडौं महानगरलाई ?

LC (KTM) September 29, 2022 0

काठमाडौं । नेपाली सेना र नेपाल प्रहरीले काठमाडौं महानगरपालिकालाई कर तिर्न अटेर गरेको छ । भदौ २३ गते घर बहाल कर तिर्न आग्रह गर्दै कामपाले नेपाली सेनाको मुख्यालय र नेपाल प्रहरीलाई पत्राचार गरेको थियो । पत्र पठाएको करिब तीन साता पुगिसक्दा पनि दुवै निकायले पत्रको कुनै जवाफ दिएका छैनन् ।

कामपाका प्रवक्ता नवीन मानन्धरले नियमअनुसार कर तिर्नुपर्ने बताउँदै कर नतिरे कारबाही गर्ने चेतावनी दिँदै भन्नुभयो, ‘दुवै निकायले कामपाले तोकेको करको वक्यौता तिर्नैपर्छ । हामी फेरि अर्काे पत्र पठाउनेछौं । त्यसपछि कानुनअनुसार अघि बढ्नेछौं ।’ यो खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर