कैलालीमा माटोको ढिस्कोमा पुरिएर जयकलाको मृत्यु, माटो खन्ने क्रममा अचानक माटोको ढिस्को खसेर उनी पुरिएको प्रहरीको भनाई — OSNepal

कैलालीमा माटोको ढिस्कोमा पुरिएर जयकलाको मृत्यु, माटो खन्ने क्रममा अचानक माटोको ढिस्को खसेर उनी पुरिएको प्रहरीको भनाई

LC (KTM) September 29, 2022 0

= कैलाली, १३ असोज

गौरीगंगा नगरपालिका–४ राजिपुर बस्ने ५२ वर्षीया जयकला खत्रीको माटोको ढिस्कोमा पुरिएर बुधबार साँझ मृत्यु भएको छ ।

सोही ठाउँस्थित जनता आधारभूत विद्यालयको जमिनमा घर पोत्नको लागि माटो खन्ने क्रममा अचानक माटोको ढिस्को खसेर उनी पुरिएको प्रहरीले जनाएको छ ।

उनको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट राजिपुर र इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर