दसैँका लागि विपन्न परिवारलाई खाद्यान्न वितरण – OSNepal

दसैँका लागि विपन्न परिवारलाई खाद्यान्न वितरण

LC (KTM) October 01, 2022 0

जाजरकोट- जाजरकोटको नलगाड नगरपालिकाकाले अतिविपन्न परिवारलाई खाद्यान्न वितरण गरेको छ । अर्थावस्था अत्यन्तै कमजोर रहेका बादी र अन्य विपन्न समुदायलाई नजिकिँदै गरेको चाड दसैँलाई मध्यनजर गर्दै खाद्यान्न वितरण गरिएको हो ।

नलगाडका विपन्न बादी र अन्य ५० परिवारलाई एक बोरा चामल, एक लिटर तेल र दुई किलो दाल वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले जानकारी दिनुभयो । अर्थाभावका कारण घरमा चुल्हो बल्न धौधौ परेका ती विपन्न परिवारलाई थोरै भए पनि चाडवाड मनाउन सहज होस् भनेर खाद्यान्न सहयोग गरिएको अधिकृत गिरीले बताउनुभयो ।

दल्लीस्थित बादी समुदाय माछा मारेर दैनिक घर खर्च चलाउँदै आएको छ । अधिकांशको आफ्नै जग्गा नभएका कारण अस्थायीरूपमा बस्दै आएका छन् । पालिकाले विभिन्न सीपमूलक तालिम दिएर पनि रोजगारी सिर्जना गर्न बादी समुदायलाई सहायता गर्दै आएको छ । दैनिक ज्याला मजदुरी गरेर छाक टार्टे बादी समुदायलाई पालिकाले समय–समयमा आर्थिक सहयोग गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर