अविवाहित राजेशपायल साँच्चिकै बनेकै हुन् त बुबा ? को हुन् राजेशसँग विबाह गरेकी भनिएकी २६ वर्षीया साङबुङ राई ? — OSNepal

अविवाहित राजेशपायल साँच्चिकै बनेकै हुन् त बुबा ? को हुन् राजेशसँग विबाह गरेकी भनिएकी २६ वर्षीया साङबुङ राई ?

LC (KTM) October 01, 2022 0

काठमाडौं ।

चर्चित गायक तथा भ्वाइस अफ नेपालका जज राजेशपायल राईले २६ वर्ष कान्छी प्रेमीकाबाट पुत्रलाभ गरेका छन् ।

साङबुङ राई नामकी प्रेमीकासँग लमो समयदेखि लिभइन रिलेसनमा रहेता पनि राजेशले आँफुलाई अविबाहित भन्द्यै पटक पटक भ्वाइस्को कुर्सीबाट दाबी गर्दै आएता पनि उनले आँफु्भन्दा २६ वर्ष कान्छी साङबुङबाट पुत्रलाभ समेत गरेको लामो समय भइसक्यो ।

राजेश ४६ वर्षकाराजेशकी साङबुङ एक फ्यानको रुपमा राजेशपायलसँग नजिकिएकी थिइन् । दुवै एक–अर्काप्रति आकर्षित बनेपछि यो जोडी लिभइनमा बस्न थालेको बताइउको छ ।

साङबुङसँगको प्रेम सम्वन्धलाई राजेशपायलले कहिल्यै सार्वजनिक गर्न चाहेनन् । साङबुङले भने बेलाबखत राजेशपायलसँग टिकटक भिडियोहरु बनाएर हाल्ने गरेपछि मिडियामा उनीहरुको सम्बनधको चर्चा भने बेलाबखत हुने गरेको थियो ।

दुई महिना अगाडि धुम्बाराहीको ह्याम्स अस्पतालमा साङबुङले छोरा जन्माएपछि टिकटकमा एउटा तस्वीर पोष्ट गरेपछि उनीहरुको यो रहस्य खुलेको थियो । लभ इमोजी सहित पोष्ट गरेको उक्त तस्वीर उनले केहीबेरमै हटाएपनि कतिपयले स्क्रिन सर्ट राखेका कारण उक्त तस्विर भाइरल बनेको थियो ।

पछि राजेशपायलको दवावमा तस्वीर हटाएको अनुमान गरिएको थियो । उनीहरुले विवाह गरिसकेका छन् वा छैनन् भन्ने विषयमा यो जोडीले अहिलेसम्म केही रहस्य खोलेका छैनन । राजेशले प्रेमीकालाई नक्सालको घरमा राखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर