• २०७८ साउन २० बुधबार

ताजा अपडेट

धेरै पढिएको

गण्डकी प्रदेशको मन्त्रालयमा किचलो गर्ने को हो ? मन्त्री कुमार खड्काको खुलासा (भिडियो)

गण्डकी प्रदेशको मन्त्रालयमा किचलो गर्ने को हो ? मन्त्री कुमार खड्काको खुलासा (भिडियो)


  • ओएसनेपाल
  • असार १२ २०७८, शनिबार
  • २:४२ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < 0 मिनेट
  • 39.6K
    SHARES

    गण्डकी सरकारका बिना बिभागीय मन्त्री तथा सरकारका प्रवक्ता समेत रहेका कुमार खड्काले मन्त्रीहरुको जिम्मेवारीमा सहमति जुटेको बताएका छन् । उनले जनता समाजवादी पार्टी (जसपा) ले अर्थ मन्त्रालयमा दावि छोडेपछि सहमतीको खाका बनेको बताए । अझै पनि भौतिक मन्त्रालय नेकपा माओवादी केन्द्रले र नेपाली काँग्रेसले दाबी गरेकोले त्यसको टुंगो लागिसकेको छैन । प्रवक्ता खड्काका अनुसार अहिले सपथ लिएका मन्त्रीहरुलाई बजेट पास नहुँदा सम्मका लागी कुनै एक मन्त्रालयको जिम्मेवारी दिईएको छ ।

    सामाजिक बिकास मन्त्रालयको नेतृत्व स्वयं खड्काले गर्ने छन् भने माओवादी केन्द्रकी मधुमाया अधिकारीलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिईने भएको छ । सुरुवात देखीनै भौतिक मन्त्रालय रोजेका राजिव गुरुङलाई भने युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी तोकिएको प्रवक्ता खड्काले बताए ।

    नेपाली काँग्रेस संसदीय दलका नेता तथा वर्तमान मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीसंग सुटुक्क सम्झौता गरी अर्थमन्त्रालय दाबि गरेको जनता समाजवादी पार्टीका संसदीय दलका नेता हरिशरण आचार्यलाई उर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारी तोकिएको उनले स्पष्ट पारे । हाललाई अर्थ तथा भौतिक मन्त्रालय मुख्यमन्त्रीकै मातहातमा रहने गरी सहमती भएको र सहमतीको खाका प्रदेश प्रमुखलाई दिएकाले संभवत आईतबार यसबारे थप प्रष्ट हुने उनले बताए । हेर्नुहोस् उहाँसंग गरिएको कुराकानी

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com