पुष्पन प्रधानको गीत ‘लाहुर’मा रेश्मा घिमिरे र प्रकाश सपुतको मन छुने अभिनय — OSNepal

पुष्पन प्रधानको गीत ‘लाहुर’मा रेश्मा घिमिरे र प्रकाश सपुतको मन छुने अभिनय

LC (KTM) October 02, 2022 0

काठमाडौं । द फौजीहरुको पीडामा पुष्पन प्रधानको स्वरमा ‘लाहुर’ बोलको गीत सार्वजनिक भएको छ ।गीतले खासगरी दशैं र तिहार जस्ता चाडपर्वमा परिवारसँग भेट्न नपाउँदाको पीडालाई व्यक्त गरेको छ । यो गीतले लाहुर गएको श्रीमान् र उनलाई कुरिरहेकी श्रीमतीको भाव र मायाको छटपटीलाई व्यक्त गरेको छ ।

संगीत तयार गरेका सुशान्त गौतमले कोरसको प्रयोगमार्फत एउटै गीतबाट फौजी र परिवारको कथा बयान गराएका छन् । उनले शब्द भने अनिल शर्माको सहयोगमा तयार गरेका छन् ।

म्युजिक भिडियो हरि हुमागाईंले निर्देशन गरेका छन् । भिडियोमा उत्तम हुमागाईंको छायांकन र हरिकै सम्पादन छ । कन्सेप्ट डिजाइन भिडियोमा पुष्पन प्रधानको छ ।

भिडियोमा प्रकाश सपुत, रेश्मा घिमिरे, राजेन्द्र हुमागाईं, गोकुल हुमागाईं, सायना हुमागाईंलगायतको अभिनय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर