मिथिला क्षेत्रमा देवी दुर्गा भवानीको ‘खोइछ’ भरिँदै — OSNepal

मिथिला क्षेत्रमा देवी दुर्गा भवानीको ‘खोइछ’ भरिँदै

LC (KTM) October 02, 2022 0

महोत्तरी-दशहारा (बडादसैँ) पर्वका अवसरमा महोत्तरीसहितका मिथिला क्षेत्रमा देवी दुर्गाको ‘खोइछ’ (पोल्टा) भरिँदै जारी छ । महासप्तमी (फूलपाती) लागेसँगै मधेसको प्राचीन मिथिला क्षेत्रमा देवी दुर्गाको ‘खोइछ’ भर्न थालिएको हो । देवी शक्तिपिठ, मन्दिर र प्रतिमास्थलमा ‘खोइछ’ भर्नेको लाम छ ।मिथिलामा असोज शुक्ल सप्तमीदेखि नवमीसम्मका तिथिका अगाडि ‘महा’ जोड्ने गरिएको छ । मिथिलामा नयाँ बनाइएका माटाका देवी प्रतिमा आज बिहान प्राणप्रतिष्ठा गरिएसँगै दर्शनार्थीका लागि खुला गरिएका छन् । दर्शन खुला गरिएसँगै ‘खोइछ’ भर्न थालिएको हो । यो क्रम महानवमीको मध्यरातसम्म जारी रहने परम्परा छ ।

दशहारा पर्वको सप्तमी तिथि प्रारम्भ भई पूmलपाती भित्र्याइएसँगै देवी कालरात्रिको पूजाआराधना गरिएपछि ‘खोइछ’ भर्नेक्रम थालिन्छ । खासगरी विभिन्न समयमा गरिएका भाकलअनुसार देवीको सारीको अँचरा (पोल्टा) मा वस्त्रपरिधान, सौन्दर्य प्रशाधन, द्रव्य (सुन, चाँदीसहितका धातुबाट बनेका गहना), नरिवल, केरासहितका फलपूmल र नगद भेटीसहित सामग्री चढाउने विधिलाई मिथिलामा ‘खोइछ’ भर्ने भन्ने गरिन्छ ।

अहिले महोत्तरी जिल्लाको औरही नगरपालिका–७ स्थित सोनामाई देवी शक्तिपिठ, बदिबाास–४ माइस्थानस्थित पञ्चधुरा माई मन्दिर, बर्दिबास–१४ स्थित दुर्गामन्दिर, जलेश्वरस्थित सन्सारीमाई र राजदवी मन्दिरमा ‘खोइछ’ भर्न लाम लाग्नेमा महिलाको सङ्ख्या धेरै छ । ‘खोइछ’ मा पुरुष सहभागी हुनसक्ने भए पनि यो विधिमा भने महिला बढी सहभागी हुने गरेका छन् । मिथिलामा दसैँको सप्तमीदेखि नवमी तिथिभरि ‘खोइछ’ भरिने परम्परा छ ।

‘खोइछ’ भरिनेक्रमसँगै बडादसैँ पर्वको महासप्तमी पर्वका दिन यी ठाउँ (देवीस्थल)मा वलि दिनेक्रम सुरु हुन्छ । फूलपाती विधि सम्पन्न भएसँगै सप्तमीकै दिन सुरु हुने बलि नवमीसम्म जारी रहन्छ । जिल्लाको प्रसिद्ध सोनामाई देवी शक्तिपिठमा आज मधेसका जिल्ला र छिमेकको भारतीय जिल्लाबाट हजारौँको सङ्ख्यामा भक्तजन दर्शन, पूजाआराधना र ‘खोइछ’ भर्न पुगेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर