के प्रेममा छिन् पतिलाई डिर्भोस दिएर बसेकी नायिका सामन्था ? कोसँग विबाह गर्दैछिन् ? — OSNepal

के प्रेममा छिन् पतिलाई डिर्भोस दिएर बसेकी नायिका सामन्था ? कोसँग विबाह गर्दैछिन् ?

LC (KTM) October 02, 2022 0

मुम्बई :

दक्षिण भारतीय स्टार सामन्था रुथ प्रभु प्रायः सामाजिक सञ्जालमा चर्चाको विषय बनिरहन्छिन् ।

हालैमात्र उनी एक गम्भीर रोगबाट पीडित भएको खबर बाहिर आएको थियो । अहिले भने उनी दोस्रो विवाह गर्ने चासोका कारण चर्चामा छिन् ।

अभिनेता पति नागा चैतन्यसँग अलग्गिएपछि उनले अब जीवनलाई अगाडि बढाउन दोस्रो विवाह गर्ने निचोडमा पुगेकी छन् ।

अभिनेत्रीकी गुरु सद्गुरु जगदीश वासुदेवले उनलाई दोस्रो विवाह गर्न सुझाव दिएका छन् ।

अभिनेत्रीले गुरुको सल्लाह पनि मानेकी छन् । सद्गुरुले आफ्नो अतीतलाई भुलाउन जिन्दगीमा अगाडि बढ्न सुझाव दिएका छन् । उनी निकट साथीहरूले पनि सामन्थालाई दोस्रो जीवन पाउनका लागि विवाह गर्न सुझाव दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर