गायक कमल खत्रीले गरे मेलिना मैनालीसँग बिवाह — OSNepal

गायक कमल खत्रीले गरे मेलिना मैनालीसँग बिवाह

LC (KTM) October 02, 2022 0

काठमाडौं, १६ असोज-गायक तथा संगीतकार कमल खत्री वैवाहिक जीवनमा बाँधिएका छन् । ्आइतबार बडादशैंको फूलपातीको दिनको अवसर पारेर गायिका मेलिना मैनालीसँग गायक खत्रीले विवाह गरेका हुन् ।

दुवै तर्फका परिवारका सदस्यहरुको उपस्थितिमा सामान्य तरिकाले आफूहरुले विवाह गरेको कमलले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । साथै विवाहमा लाग्ने खर्च गरिब तथा असहायलाई सहयोग गर्ने समेत नविवाहित जोडीले घोषणा गरेका छन् ।

यो पनि : के प्रेममा छिन् पतिलाई डिर्भोस दिएर बसेकी नायिका सामन्था ? कोसँग विबाह गर्दैछिन् ? : दक्षिण भारतीय स्टार सामन्था रुथ प्रभु प्रायः सामाजिक सञ्जालमा चर्चाको विषय बनिरहन्छिन् ।

हालैमात्र उनी एक गम्भीर रोगबाट पीडित भएको खबर बाहिर आएको थियो । अहिले भने उनी दोस्रो विवाह गर्ने चासोका कारण चर्चामा छिन् ।

अभिनेता पति नागा चैतन्यसँग अलग्गिएपछि उनले अब जीवनलाई अगाडि बढाउन दोस्रो विवाह गर्ने निचोडमा पुगेकी छन् ।

अभिनेत्रीकी गुरु सद्गुरु जगदीश वासुदेवले उनलाई दोस्रो विवाह गर्न सुझाव दिएका छन् ।

अभिनेत्रीले गुरुको सल्लाह पनि मानेकी छन् । सद्गुरुले आफ्नो अतीतलाई भुलाउन जिन्दगीमा अगाडि बढ्न सुझाव दिएका छन् । उनी निकट साथीहरूले पनि सामन्थालाई दोस्रो जीवन पाउनका लागि विवाह गर्न सुझाव दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर