लमजुङ दरबारको आकर्षण बन्यो यशोव्रम्हको शालिक – OSNepal

लमजुङ दरबारको आकर्षण बन्यो यशोव्रम्हको शालिक

Osnepal Admin (KTM) October 02, 2022 0
लमजुङ १६ असोज – लमजुङको गाउँशहर दरबारमा स्थापना गरिएको राजा यशोव्रम्ह शाहको शालिकले दरबारको रौनक थपिदिएको छ ।

शाह वंशिय राजाहरुको पहिलो दरबार भनिएपनि भवन भन्दा बाहेक केहि नभएको दरबार परिसरमा पहिलो राजा यशोव्रम्ह शाहको शालिक बनेपछि दरबारको आकर्षण पनि बढेको छ ।

नेपाल एकीकरणअघि शाहवंशिय राजाहरुको उद्गमस्थल लमजुङको गाउँशहर दरबारमा अहिले आन्तरिक पर्यटकहरु आउन थालेका छन् । दरबार परिसरमा राजा यशोव्रम्ह शाहको शालिक निर्माण भएपछि दरबारको रौनकता थपिएको भन्दै पर्यटकहरु आउन थालेका हुन् ।

राजा यशोव्रम्ह शाहको शालिकले इतिहासलाई जिवन्त बनाएको आन्तरिक पर्यटक भिष्मराज बरालले बताए ।

“इतिहास कहिल्यै मेटिँदैन । दरबारसँगै बनेको राजाको शालिकले पुरानो इतिहासलाई जिवित बनाएको अनुभव भयो,” उनले भने । गाउँशहर दरबारमा १६ औ शताब्दीमा निर्माण गरिएका पुरानो संरचना भएर पनि इतिहास जिवन्त पार्ने सम्पदा नहुँदा गाउँशहर दरबार ओझेलमा पर्दै आएको थियो ।

नेपाली सेनाका पुर्व प्रधान सेनापती पूर्णचन्द्र थापाको पहलमा लमजुङस्थित श्रीजङ गणले १० लाखभन्दा बढी लागतमा यशोव्रम्हको शालिक निर्माण गरेको हो ।

शालिक निर्माण भएसँगै दरबार र तत्कालिन बाईसी–चौबिसी राज्यको इतिहास पढ्न सहज भएको अनुमान गरिएको छ ।

गाउँशहरस्थित लमजुङ दरबारबाट विस्तार भएको शाह राजाहरुको शासन मुलुकमा गणतन्त्र आउनुअघि राजा ज्ञानेन्दसम्म आइपुग्यो । दरबारको हेरचाहका लागि सरकारले लमजुङ स्मारक तथा दरबार हेरचाह कार्यालय स्थापना गरेको छ । २०४८ सालतिर पुरातत्व विभागले मन्दिर तथा दरबारको पुनर्निर्माण गराएपछि त्यहाँको विकासका लागि थप काम हुन सकेको छैन । २०५४ सालमा लमजुङ दरबार क्षेत्र विकास गुरुयोजना बनाउने भनिए पनि गुरुयोजना तयार नहुँदै स्थानीय निकाय भंग भएपछि यस क्षेत्रको विकासक्रम रोकिएको थियो ।

गाउँशहरस्थित लमजुङ दरबारबाट विस्तार भएको शाह राजाहरुको शासन मुलुकमा गणतन्त्र आउनुअघि राजा ज्ञानेन्दसम्म आइपुग्यो ।

शाह राजाहरुको इतिहाससँग जोडिएको ऐतिहासिक लमजुङ दरबार पर्यटकीय क्षेत्रको रुपमा विकास हुने प्रशस्त सम्भावना भएपनि सम्बन्धित निकायले यसको विकासमा वास्ता नगर्दा ओझलमा परेको छ ।

ऐतिहासिक लमजुङ दरबारसँगै रहेको कालिका मन्दिर धार्मिक पर्यटकीय गन्तव्य छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर