एपल कम्पनीद्वारा भारतमा आईफोन १४ को उत्पादन सुरु, के अब सस्तो होला — OSNepal

एपल कम्पनीद्वारा भारतमा आईफोन १४ को उत्पादन सुरु, के अब सस्तो होला

LC (KTM) October 02, 2022 0

प्रविधि कम्पनी एपलले भारतमा आईफोन १४ बनाउन थालिएको बताएको छ। उसले चीनबाट आफ्नो आपूर्तिको सञ्जाल बाहिर लैजान खोजिरहेको छ।

एपलले आफ्ना अधिकांश फोन चीनमा उत्पादन गर्छ। तर संयुक्त राज्य अमेरिका र बेइजिङबीच तनाव बढेकाले उक्त कम्पनीले केही उत्पादन चीनबाहिर गर्न थालेको छ।

चीनमा लागु गरिएको ‘शून्य कोभिड’ नीतिका कारण व्यापक लकडाउन हुँदा महामारीका बेला व्यापार पनि नराम्ररी प्रभावित भएको थियो।

एपलले केही साताअघि आईफोनको नयाँ संस्करण बजारमा ल्याएको हो।

“नयाँ आईफोन १४ मा नवीनतम प्रविधिहरू र महत्त्वपूर्ण सुरक्षा क्षमता छन्। हामी भारतमा आईफोन १४ उत्पादन गर्न उत्साहित छौँ,” एपलले एउटा विज्ञप्तिमा भनेको छ।

ताइवानमा आधारित फक्सकन कम्पनीले एपलका अधिकांश फोनहरू निर्माण गर्दै आएको छ। उक्त कम्पनीले दक्षिण भारतको तमिलनाडुमा सन् २०१७ देखि आईफोनका पुराना संस्करणका ह्यान्डसेट बनाउँदै आएको थियो।

तर अब एपलले आफ्नो नयाँ उत्पादन आईफोन १४ भारतमै बनाउन खोजेको छ।

के आईफोन अब सस्तो हुन्छ?
भारतमा आउँदा एपलले आफ्नो बजार बढाउने उद्देश्य पनि राखेको छ। गत वर्षसम्म भारतको बजारमा आईफोनको हिस्सा चार प्रतिशत मात्र थियो।

भारतलाई कस्तो फाइदा?
भारतमा आईफोन उत्पादन बढ्ने घोषणालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारको उपलब्धिका रूपमा लिइएको छ।

आठ वर्षअघि मोदी सरकारले “मेक इन इन्डिया” अभियान सुरु गरेको थियो। त्यसअन्तर्गत भारतमा हुने उत्पादन र भारतबाट हुने निर्यात बढाउने उद्देश्य राखिएको थियो।

भारतमा आईफोन १४ निर्माण थालेको छ

ताइवान र व्यापारको विषयमा अमेरिका र चीनबीच तनाव बढ्दै गर्दा चीनबाट हुने आपूर्ति प्रभावित हुनसक्ने आकलनसहित एपलले आफ्नो कारखाना अन्यत्र सार्न यो घोषणा गरेको हो।

लगानी ब्याङ्क जेपी मोर्गनका विश्लेषकहरूले आईफोनले आफ्नो पाँच प्रतिशत उत्पादन यो वर्ष भारतमा सार्ने अपेक्षा गरिएको बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर