रियल मड्रिड रोकियो — OSNepal

रियल मड्रिड रोकियो

LC (KTM) October 03, 2022 0

काठमाडौं, १७ असोज

१० खेलाडीमा सिमित ओसासुनासँग १–१ गोलको बराबरी खेल्दै रियल मड्रिड स्पेनिस ला लिगा फुटबलमा अकं बाढ्न बाध्य भएको छ । खेलको अन्तिम समयमा कप्तान करिम बेन्जेमा पेनाल्टीमा चुक्दा रियल तीन अंकबाट टाढा रहेको हो । यस्तै, शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ ।

रियलका भिनिसियस जुनियरले गोल गरे ।  ओसासुनाका किके गार्सियाले बराबरी गोल फर्काए । खेलको ४२औं मिनेटमा भिनिसियसले गोल गरे । ५०औं मिनेटमा किकेले बराबरी गोल गरे ।

बराबरीसँगै रियल १९ अंक सहित दोस्रो स्थानमा छ । समान अंक भएपनि बार्सिलोना शीर्ष स्थानमा छ । ओसासुना छैटौं स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर