दक्षिण अफ्रिकाविरुद्ध भारतलाई शृंखला — OSNepal

दक्षिण अफ्रिकाविरुद्ध भारतलाई शृंखला

LC (KTM) October 03, 2022 0

काठमाडौं, १७ असोज :

घरेलु टोली भारतले दक्षिण अफ्रीकाविरुद्धको तीन खेलको टी-२० शृंखला एक खेल अगावै २-० ले जितेको छ । आइतबार राति भारतले १६ रनको जित निकाल्यो । २ सय ३८ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रीका २० ओभरमा ३ विकेट गुमाएर २ सय २१ रनमा समेटियो ।

दक्षिण अफ्रीकाका डेभिड मिलरले अविजित १ सय ६ रन बनाए । क्विन्टन डी ककले अविजित ६९ रन बनाए । भारतका अर्शदिप सिंहले २ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ३ विकेट गुमाएर २ सय ३७ रन बनायो । भारतका सूर्यकुमार यादवले ६१ रन बनाए ।

यस्तै, केएल राहुलले ५७ रन, विराट कोहलीले अविजित ४९ रन, कप्तान रोहित शर्माले ४३ रनको योगदान गरे । दक्षिण अफ्रीकाका केशव महाराजले २ विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर