सरिता लाछिानेकी छोरी सहित उनका पति तथा फिल्म निर्देशक ऋषि लामिछानेलाई पनि कोरोना संक्रमण — OSNepal

सरिता लाछिानेकी छोरी सहित उनका पति तथा फिल्म निर्देशक ऋषि लामिछानेलाई पनि कोरोना संक्रमण

LC (KTM) May 08, 2021 0

काठमाडौं-फिल्म निर्देशक ऋषि लामिछानेलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना पोजिटिभ देखिएको बताएका हुन् । कोरोना देखिएपछि उनले यो समय आफ्ना लागि जीवनको कठिन र पीडादायी समय भएको बताएका छन् ।

लामिछानेले लेखेका छन् ‘जीवनको अत्यन्त कठिन र पीडादायी समय । सरिता पछि म र आज छोरीलाई पोजेटिभ देखियो ।’ यस अगाडि लामिछाने पत्नी तथा अभिनेत्री सरिता लामिछानेलाई पनि कोरोना पोजेटिभ देखिएको थियो । लामिछाने फिल्म तथा श्रृखंला निर्देशनमा सक्रिय रहँदै आएका छन् । उनले पछिल्लो समय दृष्टि नामक टेलिसिरियल निर्देशन गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर