टिकट लिन लाइन बसेका माओवादी नेता शरदसिंह भण्डारीबिरुद्ध अख्तियारमा उजुरी – OSNepal

टिकट लिन लाइन बसेका माओवादी नेता शरदसिंह भण्डारीबिरुद्ध अख्तियारमा उजुरी

Osnepal Admin (KTM) October 04, 2022 0

काठमाडौँ । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा पुर्व सभासद शरदसिंह भण्डारीबिरुद्ध अख्तियार अनुसन्धान दुरुपयोग आयोगमा उजुरी परेको छ । आगामी मंसिरमा हुने निर्वाचनमा पनि उनले टिकट पाउने चर्चा चलिरहेका बेला भण्डारी बिरुद्ध अख्तियारमा उजुरी परेको हो ।

भण्डारी २०६४ सालको निर्वाचनमा अबैध तरिकाले निर्वाचित भएको भन्दै उनि बिरुद्ध उजुरी परेको छ । तत्कालिन संबिधानसभा निर्वाचनका बेला भण्डारीको मतदाता नामावलीमा नाम समावेश नभएकाले उनले झुट्टा विवरण पेश गरी उम्मेद्वारी दिएको र अबैध तथा गैरकानुनी रुपमा निर्वाचित भएको भन्दै उजुरी परेको हो ।

उजुरीमा भनिएको छ,- “सार्बजनिक पद धारण गरेका व्यक्तिबाट भएको सो कार्य अखितियारको दुरुपयोग हुने हुँदा तत्कालिन संबिधानसभा सदस्य निर्वाचन ऐन २०६४ को दफा १९ को उपदफा (क) बमोजिम अयोग्य ठहरेकाले कानुन बमोजिम अनुसन्धान गरी कानुनी कारवाहीको प्रक्रिया अगाडि बढाई दिनुहुन अनुरोध गरिन्छ ।”

यस्तै भण्डारीबिरुद्ध अन्य थुप्रै गम्भीर आरोपहरु समेत लागेका छन् । उनि संबिधानसभा सदस्य रहेका बेला नै उनले ४ जना व्यक्तिको नक्कली भिसा बनाइ अमेरिका उडाउन खोजेको आरोप समेत लागेको छ । त्यति बेला उनले ४ जनाको नक्कली भिसा बनाइ अमेरिका उडाउन खोज्दा उनि मध्येका एक जनाले अमेरिकी दुतावासमा गइ सोधपुछ गर्दा उनले भिसा नक्कली बनाएको र प्रत्येक व्यक्तिबाट ७ लाखका दरले ठगि गरेको प्रमाणित भएको थियो ।

त्यस्तै भण्डारीले हरियाली अभियानको नाममा देशभर कार्यक्रम गर्ने भनि विभिन्न सरकारी गैर सरकारी संघसंस्थाहरुबाट संकलन गरेको १२ देखि १५ करोड रकम व्यक्तिगतरुपमा खर्च गरि हिनामिना गरेको आरोप समेत लागेको छ । उक्त अभियानमा शरदसिंह भण्डारी र पदम राई संलग्न थिए । पदम राईसँग यसबारेमा प्रतिक्रिया लिदा राइले भण्डारीले आफ्नो समेत ५ देखि ७ लाख खाइ दिएको प्रतिक्रिया दिएका छन् ।

यस्तै भण्डारीले कृषि औजार तथा सामाग्री किन्नुपर्ने भनि डाक्टर प्रेम पराजुलीसँग ५ वर्षा पहिले ५० लाख रकम लिएका थिए । उक्त रकम हालसम्म पनि फिर्ता नपाउदा पराजुली अहिले सडकमा रुँदै हिड्न थालेका छन् ।

त्यस्तै भण्डारीमाथि तत्कालिन संबिधानसभा सदस्य हुँदा शहिद, बेपत्ता तथा घाइते योद्धाहरुका लागि विभिन्न संघ संस्थाले दिएको करोडौको एम्बुलेन्स र सरसामान गायब पारी बेचेर खाएको आरोप समेत माओवादी नेता कार्यकर्ताले लगाएका छन् ।

यस्तै २०६४/ सालमा जनयुद्धमा ज्यान गुमाएका अछामका शहिदहरुको नामावली र तस्बिर अंकित शहिद गाथा प्रकाशित गर्नका लागि तत्कालिन माओवादी पार्टीले निकासा गरेको १० लाख रकम समेत उनले गाथा प्रकाशन नगरी हिनामिना गरेको माओवादी नेता कार्यकर्ताहरुको आरोप छ ।

यस्तै भण्डारी संबिधानसभा सदस्य हुँदा एम्बुलेन्स किनेको नक्कली कागज बनाइ संसद बिकास कोसको रकम एक्लैले खाएको आरोप समेत अछामका माओवादी नेता कार्यकर्ताले लगाउने गरेका छन् । तत्कालिन बेला अछामका कार्यकर्ताले उक्त बिषय उठान गर्दा उनले अर्को एम्बुलेन्स किनेर ल्याइदिने बाचा गरेर उक्त बिषय बाहिर नलैजान नेता कार्यकर्तालाई अनुनय बिनय गरेका थिए ।

यस्तै जनयुद्धको बेला भत्किएका घर, स्कुलहरु पुनर्निमाणका निम्ति राज्यले दिएको करोडौ रकम भण्डारी र (दर्शन) उपनामले चिनिने शेर बहादुर बिकले हिनामिना गरी एक्लै खाएको आरोप अछामका माओवादी नेता कार्यकर्ताहरुको छ ।

यस्तै २०७१ पछि भण्डारी विप्लवको माओवादी पार्टीमा केन्द्रीय आर्थिक विभागमा रहेका बेला कैलालीको हरैयामा रहेको सुकुम्वासी बस्ती हटाएर भूमाफियालाई सहयोग गरे बापत ज्यान मुद्दामा फरार माओवादी कमाण्डर काली बहादुर खामसँग मिलेर नले ६५ लाख रुपैया खाएको आरोप विप्लवका प्रबक्ता खडक बहादुर बिक (प्रकाण्ड)ले लगाउने गरेका छन् ।

प्रकाण्ड आर्थिक बिभाग प्रमुख रहेका बेला शरद सिंह भण्डारी, झक बहादुर मल्ल र पुष्प न्यौपाने विभागका सदस्य रहेका थिए । त्यसबेला भण्डारीले भूकम्प पिडीतको घर बनाउने बहानामा बिभागबाट करोड भन्दा बढी रकम निकासा गरी गायब पारेपछि विप्लवले भण्डारीसहित तिनै जनालाई कारवाही गरेपछि उनिहरु विप्लव छोडेर प्रचण्डको हातबाट टिका लगाई पुनः माओवादी केन्द्र प्रवेश गरेका थिए ।

यस्तै भण्डारीको श्रीमती चेतना रेग्मी अछामको कालागाउँस्थित एक बिद्यालयकि स्थायी शिक्षिका हुन् । तर २०६४ सालपछि उनले खेताला शिक्षक राखी हाजिरी बिना नै हालसम्म तलब खादै आफु भने काठमाडौँमै बसेर अन्य व्यवसाय गर्दै आइरहेकी छन् ।

यी यावत बिबाद र आरोप प्रत्यारोपकाबीच पनि शरदसिंह भण्डारी पुनः सांसद बन्ने होडबाजीमा टिकट लिन लाइन लागिरहेको बताइएको छ । यस पटक भने अछाम २ नम्बर क्षेत्रबाट शरद सिंह भण्डारी, राम प्रसाद तिमिल्सिना र अक्कल रावलको नाम सिफारिसमा परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर