बाढी पहिरोबाट भएको घटनाप्रति प्रदेश प्रमुख परियारद्वारा दुखः व्यक्त — OSNepal

बाढी पहिरोबाट भएको घटनाप्रति प्रदेश प्रमुख परियारद्वारा दुखः व्यक्त

LC (KTM) October 11, 2022 0

कर्णाली-कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले प्रदेशका विभिन्न जिल्लामा बाढी पहिरोमा परी मृत्यु र बेपत्ता भएकाप्रति दुखः व्यक्त गर्नुभएको छ । उहाँले आज एक शोक वक्तव्य जारी गर्दै प्रदेशका विभिन्न जिल्लामा भएको विपद्का घटनाले आफूलाई दुःखी तुल्याएको बताउनुभएको हो । वक्तव्यमा उहाँले भन्नुभएको छ, “यस वर्ष अविरल बेमौसमी वर्सातका कारण कालिकोट, जुम्ला, हुम्ला, मुगु, डोल्पा, दैलेख, सल्यान, सुर्खेतलगायत देशैभर मानवीय क्षतिसँगसँगै पाकिसकेका बालीनालीलगायत ठूलो भौतिक संरचनाहरूमा ठूलो क्षति पु¥याएको छ । कर्णालीमा बर्सेनि हुने यस्ता घटनाले मलाई अत्यन्त दुखित तुल्याएको छ ।”

कालिकोट तिलागुफा–४ राँचुल्ली गाउँमा मलामी गएकाहरूमध्ये पहिरो र बाढीमा परी निर्वाचित वडाध्यक्षसहित १३ जनाको मृत्यु भएको प्रति उहाँले दुःख व्यक्त गर्नुभएको छ । साथै प्रदेश प्रमुख परियारले मुगु, हुम्ला, दैलेख, सल्यानलगायतका जिल्लामा बाढी पहिरोमा परी भएको मृत्युबाट आफूलाई स्तब्ध बनाएको बताउनुभएको छ ।

प्रदेश प्रमुख परियारले दुःखको यस घडीमा तत्काल उद्धार, राहत तथा पुनःस्थापना एवं जोखिममा परेका बस्तीको स्थानान्तरणमा तीनै तहका सरकार तथा सम्बद्ध सबै पक्षको ध्यानाकर्षणसमेत गराउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर