नेपालको कवाडी बजारमा भारतीय नागरिक — OSNepal

नेपालको कवाडी बजारमा भारतीय नागरिक

LC (KTM) October 12, 2022 0

बेलबारी (मोरङ), -भारतको विहार बर्गिनिया घर भएका ब्रह्मदेव पासवान विगत १० वर्षदेखि नेपालका विभिन्न भागमा पुराना कागज तथा धातुजन्य कवाडी समान सङ्कलन गरिरहनुभएको छ । फोहोरबाट मोहोर कमाउन पासवान जस्तै थुप्रै भारतीय कवाडी सामान सङ्कलन गरिरहेका भेटिन्छन् ।

मोरङको सुन्दरहरैचा नगरपालिका क्षेत्रभित्र मात्रै दर्जनभन्दा धेरै कवाडी सङ्कलन केन्द्र रहेका छन् । सुनसरी इनरुवाका सञ्जय चौधरीको आरके कवाडी पसलमा छ कवाडी सङ्कलक रहेका छन् । उक्त कवाडी पसलका व्यवस्थापक भारत विहारकै समी जैसवाल हुनुहुन्छ । सङ्कलकहरुले गाउँसहरका विभिन्न भागबाट सङ्कलन गरी ल्याएको कागज प्रतिकिलो रु २०, धातुजन्य सामान प्रतिकिलो रु ५५, गाडीका पुराना टायर रु दुई सय देखि पाँच सयसम्म र सिसाको बोतलप्रति ओटा डेढदेखि दुई रुपैयाँसम्ममा खरिद बिक्री गर्छन् ।

यस्ता सामग्री उद्योगमा पु¥याएर प्रशोधन गरी पुनः प्रयोगमा ल्याइन्छ । गाउँगाउँमा गएर पुराना सामान सङ्कलन गर्ने व्यक्ति नेपालमा पाउनै मुस्किल भएको जैसवाल बताउनुहुन्छ । राम्रो आम्दानी भए पनि यो पेसामा नेपालीको आकर्षण देखिँदैन । भारत विहार घर भएका राकेश जैसवालका अनुसार बिहानैदेखि राम्ररी साइकलमा गाउँ घुम्दा रु दुई हजार पाँच सयसम्म आम्दानी हुन्छ । यही पेसाले आफ्नो परिवार चलेको जैसवाल बताउनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर