मूल्यवृद्धि ८.१ पुग्ने — OSNepal

मूल्यवृद्धि ८.१ पुग्ने

LC (KTM) October 13, 2022 0

काठमाडौं । विश्व बैंकले रुस युक्रेन युद्ध र आन्तरिक कारणले नेपालमा चालू आर्थिक वर्षमा मुद्रास्फीति ६.३ प्रतिशत पुग्ने अनुमान गरेको केही दिनमा अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले मूल्य वृद्धि ८.१ प्रतिशत हुने जनाएको छ ।

साथै, आगामी आर्थिक वर्ष मुद्रास्फीति दर घटेर ७.१ प्रतिशतमा सीमित हुने पनि जनाएको छ ।सरकारले भने चालू आर्थिक वर्षको बजेटमा मूल्यवृद्धि ७ प्रतिशतभन्दा तल राख्ने जनाएको थियो, जुन रुस तथा युक्रेनको युद्धका कारण भएको आपूर्ति चक्रको समस्या तथा आन्तरिक बजारका कारण सम्भव देखिँदैन ।यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।

आईएमएफले सार्वजनिक गरेको वर्ल्ड इकोनोमिक आउटलुकका अनुसार सन् २०२२ मा विश्वमा मँहगीसमेत ४.७ प्रतिशतबाट वृद्धि भएर ८.८ प्रतिशतसम्म पुग्ने आईएमएफको प्रक्षेपण छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर