श्रीदेवकी छारी जान्हवी कपुर अभिनित फिल्म ‘मिली’ को टिजर सार्वजनिक, पहिलो पटक बुवा बोनीसँग ठूलो पर्दामा देखिदै जान्हवी — OSNepal

श्रीदेवकी छारी जान्हवी कपुर अभिनित फिल्म ‘मिली’ को टिजर सार्वजनिक, पहिलो पटक बुवा बोनीसँग ठूलो पर्दामा देखिदै जान्हवी

LC (KTM) October 13, 2022 0

एजेन्सी । अभिनेत्री जान्हवी कपुर अभिनित फिल्म ‘मिली’ को टिजर सार्वजनिक भएको छ । जान्हवी सामाजिक सञ्जालमा मार्फत टिजर सार्वजनिक गरेकी हुन् ।

टिजर शेयर गर्दै उनले फिल्मको घोषणा गरेकी हुन् । फिल्म को फर्स्ट लुक अक्टोबर १२ मा सार्वजनिक भएको हो । मिली’ मा जान्हवी कपूर नर्सको भूमिकामा देखिनेछिन् ।

‘मिली’ एक सर्वाइभल ड्रामा विधाको चलचित्र हो, जुन मलयालम चलचित्र ‘हेलेन’ को हिन्दी रिमेक हो । यस चलचित्रमा जान्हवी कपुरका अलावा मनोज पाहवा, बोनी कपुर र सन्नी कौशल पनि मुख्य भूमिकामा देखिनेछन् ।

जान्हवी पहिलो पटक बुवा बोनीसँग ठूलो पर्दामा देखिने छिन् । फिल्म नोभेम्बर ४ मा हलमा रिलिज हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर