शिल्पा पोखरेलको अभिनयमा ‘मायाको व्यापार’ सार्वजनिक — OSNepal

शिल्पा पोखरेलको अभिनयमा ‘मायाको व्यापार’ सार्वजनिक

LC (KTM) October 13, 2022 0

काठमाडौं:

लोकप्रिय गायक प्रमोद खरेलको स्वरमा रहेको गीत ‘मायाको व्यापार’ सार्वजनिक भएको छ । अजय पोखरेल को शब्द , इन्द्र दाहालको सङ्गीत, विशाल निरौलाको एरेञ्ज र कुमार रानाको मिक्सिङ÷माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

विक्रम चौहानको निर्देशनमा रहेको गीतको भिडियोमा शिल्पा पोखरेल र विक्रम बुढाथोकीको अभिनय रहेको छ । प्रकाश खड्काको छायाँकन रहेको भिडियोमा दृश्य सम्पादन मिलन विश्वकर्माले गरेका छन् । गीत जति राम्रो छ गीतको भिडियो त्यतिकै उत्कृष्ट बनेको छ ।

‘हामी सबैको मिहिनेतले एउटा राम्रो गीत र यसको भिडियो स्रोता÷दर्शकमाझ पस्किएका छौ सबैको माया पाउँनेमा हामी आशावादी छौ’, सङ्गीतकार दाहालले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर