गायक गणेशको नजिक भन्दा टाढामा यसराज र साक्षीको रोमान्स — OSNepal

गायक गणेशको नजिक भन्दा टाढामा यसराज र साक्षीको रोमान्स

LC (KTM) October 14, 2022 0

काठमाडौं –

अग्रज गायक गणेश थापाले आफ्नो स्वरमा नयाँ गीत नजिक भन्दा टाढा…को भिडियो दर्शकमाझ ल्याएका छन् । यो गीतको भिडियोलाई बुढासुब्बा डिजिटल च्यानलबाट रिलिज गरिएको छ ।लोक पप तथा आधुनिक गीत गाउँदै आएका गायक गणेश थापाले आफ्नो यो गीतले यतिबेला निकै राम्रो प्रतिक्रिया पाएको बताएका छन्,‘सबैबाट गीत र भिडियो दुबैको राम्रो प्रतिक्रिया पाएको छु । श्रोता दर्शकको प्रेरणाले मलाई गायनमा अघि बढ्न उर्जा मिलेको छ ।’

यो गीतमा सुदन लुईटेलको शब्द, श्याम महर्जनको संगीत रहेको छ । प्रदीप श्रेष्ठको संगीत संयोजन रहेको यो गीतलाई सदीप श्रेष्ठले मिक्सिङ गरेका हुन् ।गीतको भिडियोमा अभिनेता यसराज गराच, अभिनेत्री साक्षी लम्साल मुख्य भूमिकामा छन् । भिडियोमा यसराज र साक्षीको अभिनय प्रसँसनीय छ ।

प्रेमी प्रेमिका बीच कुरै नबुझी आपसी असमझदारीले निम्त्याएको समस्य र पुन उनीहरु बीचको मिलनलाई यो भिडियोमा प्रस्तुत गरिएको छ । भिडियोमा अन्य कलाकारमा बिना राना मगर, आषिस नेपाल, रोशनी श्रेष्ठ छन् ।

यो गीतको भिडियोलाई गीतकार डब्बु क्षत्रीले निर्देशन गरेका हुन् । क्षत्रीले यस अघि पनि थापाका अन्य भिडियो निर्देशन गरिसकेका छन् ।
नजिक भन्दा टाढा…को भिडियो छायाँकन दिब्यराज सुवेदीले गरेका हुन् । भिडियोको सम्पादन र रँग संयोजन बीरेन्द्र भाट (बिपिन)ले गरेका हुन् । भिडियोमा प्रीति श्रेष्ठको सृँगार छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर