१५ सय मिटरमा मुकेश र फुलमतिलाई स्वर्ण — OSNepal

१५ सय मिटरमा मुकेश र फुलमतिलाई स्वर्ण

LC (KTM) October 15, 2022 0

काठमाडौं, २९ असोज। नवौं वृहत राष्ट्रिय खेलकुदअन्गर्तन एथ्लेटिक्सको १५ सय मिटर दौडमा महिलातर्फ फुलमति राना र पुरुषतर्फ मुकेश पालले स्वर्ण पदक जितेका छन् ।

महिलातर्फ १५ सय मिटरमा दौडमा सशस्त्र प्रहरी बलकी फूलमतिले स्वर्ण पदक जितेकी छन् । फूलमतिले विभागीय एपिएफको लागि एथ्लेटिक्सको पहलो स्वर्ण जितिन् ।

फुलमतिले ४ मिनेट ३८.१९ सेकेन्डमा निर्धारित दूरी पूरा गरिन् । यस्तै, त्रिभुवन आर्मी क्लबकी सरस्वति भट्टराईले ४ मिनेट ४१ सकेन्डमा निर्धारित दूरी पार गर्दै रजत पदक जितिन् । ५ मिनेट ०३.८० सेकेन्डमा निर्धारित दूरी पार गरेकी आर्मीकै रेखा लिम्बुले कास्य जितिन् ।

पुरुषतर्फको दौडमा त्रिभुवन आर्मी क्लबका मुकेशले स्वर्ण पदक जिते । मुकेशले निर्धारित दूरी ३ मिनेट ५२.२१ सेकेन्डमा पूरा गरे ।

एपिएफका अजित यादवले ३ मिनेट ५३.११ सेकेन्डमा निर्धारित दूरी पार गर्दै रजत पदक जितेका छन् । नेपाल पुलिस क्लबका नागेश्वर अहिर ३ मिनेट ५६.५ सेकेन्डमा दूरी पार गर्दै कास्य जित्न सफल भए ।

महिला १० हजार मिटरमा बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले स्वर्णपदक जितेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर