सत्यमोहन जोशीको स्वास्थ्यमा उतार चढाव आउन थालेपछि विशेषज्ञ चिकित्सकको निगरानीमा राखेर उपचार सुरु — OSNepal

सत्यमोहन जोशीको स्वास्थ्यमा उतार चढाव आउन थालेपछि विशेषज्ञ चिकित्सकको निगरानीमा राखेर उपचार सुरु

LC (KTM) October 15, 2022 0

काठमाडौं ।

शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था स्थिर रहेको छ ।

अस्पतालका अनुसार उनको स्वास्थ्यमा सुधार भएको छैन ।

१०३ वर्षका उनको २३ दिनदेखि ललितपुरको इमाडोलस्थित किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचार भइरहेको परिवारले जनाएको छ ।

जोशीलाई निमोनिया र पिसाबको संक्रमण, मुटुमा समेत समस्या देखिएको छ ।

छिन–छिनमै उतार चढाव आउन थालेपछि अस्पतालले विशेषज्ञ चिकित्सकको विशेष निगरानीमा राखेर उपचार गरिरहेको छ ।

यसअघि उनलार्य डेंगु संक्रमण देखिएको थियो । जोशीलाई प्रतिमिनेट ४ लिटर अक्सिजन दिइएको अस्पतालले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर