काठमाडौंमा कलिङ्ग साहित्यिक महोत्सव, एकै दिनमा २० वटा साहित्यिक बहस — OSNepal

काठमाडौंमा कलिङ्ग साहित्यिक महोत्सव, एकै दिनमा २० वटा साहित्यिक बहस

LC (KTM) October 16, 2022 0

काठमाडौं, ३० असोज – शनिबार बिहानबाट ललितपुरको हिमालय होटलको दुई फरक हलमा सुरु भएको ‘कलिङ साहित्य महोत्सब काठमाडौं’मा आईतबार साँझ सम्पन्न भएको छ । आईतबार विभिन्न २० वटा शिर्षक र सेसनमा बहसहुँदै महोत्सब सम्पन्न भएको हो । आईतबार यो महोत्सब काव्य मय भयो । २० मध्य आधा दर्जन सेसनमा विभिन्न श्रष्टाहरुले आफ्ना कविता, गजल प्रस्तुत गरेर कार्यक्रमलाई काव्यमय तुल्याए ।

आईतबार बिहानको दुबै सेसन कवितामय भएको थियो । त्यसपछि साँझको दुई सो काव्यमय बन्यो । एउटा सेसनमा कवि बसन्त चौधरीले आफ्ना कविताबाट दर्शकको मन जिते भने अको सेसनमा विभिन्न गजलकारहरुले महफिल जमाए । विहानी पखको अर्को सेसन पनि कवितामा केन्द्रित थियो । दिउँसोको एउटा सेसनमा त अँग्रेजी कवितासमेत यो महोत्सबमा सुन्न पाईयो ।

यस अघि एक दशकदेखि भारतमा आयोजना हुँदै आएको यो महोत्सको ११ औं संस्करण अन्तराष्ट्रिय महोत्सबको रुपमा यसपटक नेपालमा भएको हो । महोत्सब निकै राम्रो भएको बक्ताहरुले कार्यक्रममा बताए । जसमा भारतबाट ६० भन्दा बढी साहित्यकार बाँकी नेपालका गरेर ३०० भन्दा बढी साहित्यकार सहभागी थिए । अर्को वर्ष पनि आफुहरुले यो महोत्सबलाई काठमाडौंमा गर्न सक्ने महोत्सबका संस्थापक अध्यक्ष रश्मीरञ्जन परिताले बताए ।यसरी विभिन्न शिर्षका २० वटा बहस सेसनसँगै आईतबार बेलुकाबाट कलिङ साहित्य महोत्सब काठमाडौं सकिएको हो । यो महोत्सबमा शुक्रबार विभिन्न १८ वटा शिर्षकमा १९ सेसन बहस भएको थियो । आईतबार २० गरी ३८ सेसनमा साहित्यिक बहस यसपटक भयो ।

आईतबार बहिनको सेसनमा भारतका अग्रज अशोक वाजपेयी सहित भारतीय कवि अरुण कमल, गगन गिल, भ्योमेश शुक्ला नेपाली कविहरु दिनेश अधिकारी, अशेष मल्ल, बसन्त चौधरीलगायतले आफ्नो चर्चित कविता सुनाए । बिनित कुमार यो शेसनको सुत्रधार थिए । अर्को हलमा सोही समय अर्को काव्य कार्यक्रम भएको थियो । जसमा श्रवण मुकारुङ, सिमा आभास, सन्ध्या पहाडी, गीता कार्की, मोमिला बस्नेत, टंक उप्रेती, प्रोलास सिन्धुलिया, मधु पाठक लगायतले कविता सुनाए ।

निवन्धकार कुमारी लामाले चुनौती धेरै भए पनि लेख्न नछाड्न महिला लेखकहरुलाई अनुरोध गरिन् । लेखनमा महिलाहरुको चुनौती र भविष्यबारे बहसमा उनले यसो भनेकी हुन् । सगुन शाहले सञ्चालन गरेको यो कार्यक्रममा सवित्री कक्षपतिले बिगतमा भन्दा अहिले महिलाहरुलाई लेखनमा लाग्न निकै सहज भएको बताईन् ।
नेपालका लागि भारतका पूर्व राजदुत रन्जित रेले नेपाल भारतको सम्बन्ध र संस्कृतिबारे प्रकाश पारे ।

नेपाल भारतको कुटनीतिक तथा अन्य सम्बन्धबारेका सेसनमा उनले नेपालले भारत र बँगलादेशमा उर्जा निर्यात गरेर ठुलो आम्दानी गर्ने पनि उनले बताए ।सोही क्रममा अर्को हलमा भएको भारत नेपाल कला सम्बन्धिको बहसमा नेपालकी पूर्व कुलपति रागिनी उपाध्याय र भारतीय चित्रकार मनिष पूस्कलेले नेपाल भारतको कला सम्बन्धको बारेमा चर्चा गरे ।

यस्तै पब्लिकेशनको डिजिटल इरा बारेको शेसनमा पनि डिजिटलले पब्लिकेशनमा ल्याएको क्रान्ति र यसको सहजताबारे चर्चा गरियो । अशोक महेश्वरी, सत्यानन्द निरुपम, सृजन मास्केलगायतले यो सेसनमा डिजिटलले पब्लिकेशनमा ल्याएको परिवर्तन र फाईदासँगै यसका असरबारे चर्चा गरे ।सञ्चारकर्मी युवराज घिमिरे र ओम थान्भीले भारत नेपालको सम्बन्धमा मिडियाको भूमिकाबारेको शेसनमा आफ्ना भनाई राखे । मिडियामा रहेर दुई देशको सम्बन्धको बारे आफुहरुले गरेका कामको अनुभव सुनाउँदै दुई देशको सम्बन्धलाई सुमधुर बनाउन मिडियाको पनि ठुलो हात हुने उनीहरुले जिकिर गरे ।चलचित्र निर्देशक दीपेन्द्र के खनाल, सुजित बिडारी, सुवर्ण थापा, सम्पदा मल्ललगायतले समाज, साहित्य र सिनेमा शिर्षकको बहस सेसनमा सिनेमा र समाजको सम्बन्धबारे चर्चा गरे ।

गँगन गिल, प्रा.डा. वीना पौडेल, आनन्द निलकन्ठ, कविता सिंहले महिला शसक्तिकरण बारेको शेसनमा नेपाल र भारतका महिलाहरुको अबस्थाबारे चर्चा गरे । विभिन्न कारणले दुई देशका महिलाहरुको अबस्था मिल्ने गरेको उनीहरुको कथन थियो । महोत्सबकी निर्देशक रञ्जना निरौलाले कार्यक्रमको सञ्चालन गरेकी थिईन् ।
नविता श्रीकान्त, ओम थान्भी, तुलसी दिवस, प्रेम प्रधानलगायतले यस्तै भारत र नेपालको अध्यात्म, संस्कृति र साहित्यसम्बन्ध बारेको बहस सेसनमा दुई देशको संस्कृतिसम्बन्धले साहित्य सृजनामा पु¥याएको मद्धतबारे चर्चा गरे ।

महोत्सबमा आईतबारसाँझ कवि बसन्त चौधरीले आफ्नो महफिल जमाए । उनको कविता बाचन कार्यक्रम पनि निकै रोचक भयो । साँझको कलिङ काठमाडौं महफिल सेसनपनि काव्यमय भयो । यसमा पनि विभिन्न गजलमाथि बहससँग गजल प्रस्तुत गरियो । आईतबार दिउँसोको एउटा सेसन अँग्रेजी कवितामय भयो । जसमा दर्जन कविहरुले आफ्ना अँग्रेजी कविता सुनाए ।यसरी दुई दिनको यो अन्तराष्ट्रिय महोत्सब विभिन्न कार्यक्रम सहित आईतबार बेलुका बाट सम्पन्न भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर