दुर्घटनामा परी गम्भीर घाइते भएकी निशा घिमिरेको स्वास्थ्यमा क्रमिक सुधार,मुहारमा देखियो यस्तो चमक — OSNepal

दुर्घटनामा परी गम्भीर घाइते भएकी निशा घिमिरेको स्वास्थ्यमा क्रमिक सुधार,मुहारमा देखियो यस्तो चमक

LC (KTM) June 28, 2021 0

काठमाडौं । दुर्घटनामा परी गम्भीर घाइते भएकी मोडल तथा अभिनेत्री निशा घिमिरेको स्वास्थ्यमा सुधार आएको छ । नर्भिक अस्पतालमा उपचाररत निशाको उपचारपछि स्वास्थ्य अवस्थामा क्रमिक रुपमा सुधार आएको चिकित्सकले जनाएका छन् । उनको शरीरका घाउहरू निको हुन थालेको र स्वास्थ्य अवस्थामा पनि सुधार भइरहेको नर्भिकले जनाएको छ । अस्पतालले एक विज्ञप्ति जारी गर्दै उचित उपचार, आहार विहार र केयरिङ पाएका कारण उनको मुहारमा चमक देखिएको बताएको छ । विज्ञप्तिका अनुसार अस्थिपञ्जर मात्रै बाँकी रहेको जस्तो देखिने उनको अहिले ह्विलचेयर थेरापी, म्युजिक थेरापी लगायतका विभिन्न विधिबाट उपचार भइरहेको छ । अभिनेत्री निशाको डा। पंकज जलानको टिमले उपचार गरिरहेको छ । डा। जलानले अस्पतालमा आउँदा जिउँदो लाशजस्तो रहेकी उनी अहिले चलमलाउन थालेको बताए ।सौर्य दैनिकमा खबर छ । उनले भने, ‘बुझेजस्तो गरी शरीर तथा अनुहार र आँखाको हाउभाउबाट प्रतिक्रिया समेत दिन थालेकी छन् । भोक लाग्दा संकेत दिनेसम्मको भएकी छन् ।’ डा। जलानले नर्भिकले सकेसम्म सबै विकल्पमा गएर गरिरहेको बताए । दुर्घटनाका कारण निशाको ब्रेन इञ्जुरी भएको र त्यसको अवस्था निकै जटिल रहेकाले पूर्णरुपमा नर्मल हुने सम्भावना भने न्यून रहेको डा। जलानले सुनाए ।

उनले भने, ‘उहाँको ब्रेनमा निकै ड्यामेज भएको छ । तर, आएको बेलाको तुलनामा घाउहरु निको हुन थालेका छन् । हामीले डाइट र थेरापीमा फोकस गरिरहेका छौं । प्रोटिन, क्यालोरिज प्रशस्त दिइरहेका छौं । हिजोबाट ह्वीलचेयरमा समेत बसाउन सुरु गरेका छौं ।’ डा। जलानले निशाको अवस्थालाई ‘जनरल कण्डिसन इम्प्रुभ’ भएको अवस्थाको रुपमा बुझ्नुपर्ने बताए । निशाको उद्धार गर्नुअघिको अवस्था निकै दर्दनाक थियो । तीन वर्षअघिसम्म सञ्चार माध्यममा आइरहने उनलाई नर्भिक अस्पतालकी प्रबन्ध निर्देशक मेघा चौधरीले गत २७ गते उद्धार गरेकी थिइन् । मेघाकै पहलमा अस्पतालको विशेष उपचार कक्षमा राखेर उनको उपचार भइरहेको छ । निशा तीन वर्षअघि अभिनयको कोर्स पढ्न भारत गएको समय सडक दुर्घटनामा परी गम्भीर घाइते भएकी थिइन् । उपचारका लागि आर्थिक अभाव भएपछि उनी घरमै अर्धचेत अवस्थामा रहेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर