‘दिल चोर्ने मान्छेलाई’ मा विमला र पुर्णको रोमान्स — OSNepal

‘दिल चोर्ने मान्छेलाई’ मा विमला र पुर्णको रोमान्स

LC (KTM) October 21, 2022 0

काठमाण्डौं । निर्देशक हाङ चेम्जोङको निर्देशनमा रहेको ‘दिल चोर्ने मान्छेलाई’गीतको भिडियो सार्वजनिक भएको छ ।कोरियामा रहेर पनि नेपाली संगीतमा क्रियाशिल गीतकार उत्तम खजुम लिम्बूको शव्दमा सजिएको गीत ‘दिल चोर्ने मान्छेलाई’ गीतकार उत्तम खजुम लिम्बूको अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

ललितपुरको सुन्दर नगरी सिकालीचौर, सेल्फी रोड, लाकुरी भन्ज्याङ् मा छायांकन सम्पन्न भएको भिडियोमा नेपाली सिनेमा जगतका प्रख्यात नृत्य निर्देशक कमल राईको कोरियोग्रफी तथा सुमितको सहायक कोरियोग्राफी रहेको छ ।

सि.डी विजय अधिकारीको संगीत तथा रिकेश गुरुङको संगीत संयोजनमा लोकप्रिया गायीका मेलिना राईको आवाजमा स्टुडियो किङमा रेकर्ड गरिएको गीतको भिडियोमा बिरेन्द्र भाटको छायांकन, सुस्मिता राई र एलिशा मगरको श्रुङगार तथा एक.बी. श्रेष्ठको भान्सा र मनोज कार्कीको सम्पादन र कलर रहेको छ । गीतको भिडियोमा बिमला खजुम लिम्बू र पुर्ण बहादुर लिम्बूको अभिनय रहेको छ ।

भिडियोमा पार्वती वाइबा, लाप्सन दोङ्, पुजा भट्टराई, तुलसा छेत्री, मुना लामा, जोया मगर, स्वेता मगर, बिनु मोक्त्तन, रिजा पाख्रिन, लक्ष्मी परियार, पेन्साङ् लामा, लक्ष्मी सुनुवार, सिमा सुनुवार, सुस्मिता थापा, सुस्मिता कार्की र सुनिता थिङ्को कोरस् नृत्य रहेको छ ।‘दिल चोर्ने मान्छेलाई’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर