साहित्यकार दयानन्द गोश्वामीद्वारा लिखित कविता संग्रह विमोचन — OSNepal

साहित्यकार दयानन्द गोश्वामीद्वारा लिखित कविता संग्रह विमोचन

LC (KTM) October 21, 2022 0

झापा, -नेपाली कांग्रेसका पूर्ब महामन्त्री कृष्णप्रसााद सिटौलाले संबिधानको रक्षा गर्न र लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न सबै एक भएर लाग्नु पर्ने समय आएको बताउनुभएको छ ।लामो संर्घषपछि प्राप्त उपलब्धिलाई पटक÷पटक ध्वस्त पार्ने काम भएकाले संविधानको रक्षा गर्दै लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न सबै जुट्ने समय आएको उहाँको भनाई छ ।

झापाको बाह्रदशी ५ स्थित ‘बाह्रदशी साहित्य तथा कला प्रतिष्ठान’ले आज आयोजना गरेको प्रदेश प्रखण्ड स्तरीय अन्तरमावि कविता प्रतियोगिता एवम् पुस्तक विमोचन समारोहमा बोल्दै पूर्ब उपप्रधानमन्त्री समेत रहनु भएका सिटौलाले संविधानको मर्म विपरित हिड्ने जो कोही निर्वाचनपछि आफैं पाखा लाग्ने बताउनुभयो ।

‘हामी निर्बाचनको सम्मुखमा छौं’ नेता सिटौलाले भन्नुभयो – ‘पटक ÷ पटक संविधान भंग गर्न खोज्नेहरुलाई जनताले नजिकबाट नियाली रहेका छन् यस पटकको निर्बाचनमा त्यसको परिणाम उनीहरुले आफैं भोग्नेछन् तपाई हामीले केही भनिरहनु पर्दैन ।’राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन प्रति लक्षित गर्दै नेता सिटौलाले ढलिसकेको राजतन्त्रलाई बोकेर हिड्नेहरुका दिन गईसके त्यस्तालाई कसरी बोकेर हिड्न सक्या होला त्यो पार्टीको नाम उच्चारण गर्न पनि सरम लाग्नु पर्ने हो भन्नुभयो । ढलिसकेको राजतन्त्र पुनः स्थापित गराउछु भन्दै हिड्नु र मरिसकेको मानिसलाई पुनः जिवित बनाउछु भन्नु उस्तै होइन र नेता सिटौलाले भन्नुभयो – ‘अहिलेपनि हटिसकेको राजसंस्था पुनस्थापित गराउने भन्दै हिड्नेहरु तपाई हामीकहाँँ आउन सक्छन् भम्रममा नपर्नु होला ।’

फरक ÷फरक आस्था र विचार राख्ने हामी सबैलाई श्रष्ठा र सृजनाले एकै ठाउँमा बाध्न सक्ने भएकाले राजनीति भन्दा साहित्य धेरै शक्तिशाली भएको नेता सिटौलाको भनाई छ । उहाँले सबै श्रष्ठा र सृजनालाई उचित सम्मान गर्नु पर्ने बताउनुभयो ।यसैबीच साहित्यकार तथा राजनीतिक व्यक्तित्व दयानन्द गोश्वामीद्वारा लिखित मञ्जरी कविता संग्रहको नेता सिटौलाले बिमोचन गर्नुभयो । रेडक्रसकर्मी समेत रहनु भएका गोश्वामीको पल्लबी पछिको यो दोस्रो कविता संग्रह हो । एक सय ९१ वटा कविता संग्रहित पुस्तक एक सय ९२ प्रष्ठको रहेको छ ।

‘बाह्रदशी साहित्य तथा कला प्रतिष्ठान’का अध्यक्ष गोश्वामीको अध्यक्षता तथा कांग्रेस नेता सिटौलाको प्रमुख आतिथ्य र निर्वतमान १ नम्वर प्रदेश सभा सदस्य पूर्णसिंह राजवंशीको विशेष आतिथ्यमा भएको कार्यक्रममा जेष्ठ प्रेमिल जोडी बझारु राजवंशी– पानो राजवंशी, रत्नप्रसाद खतिवडा– लीला कुमारी खतिवडा, अविराम साह– तारादेवी साह, हरिप्रसाद – हरिमाया पााठक, चुडामणि– चित्रादेवी दाहाल, देवकुमार – रत्नादेवी राजवंशी, दिलवहादुर – ललिमाया राई, सुनदरला – उर्मिलादेवी गणेशलाई सम्मान गरिएको थियो ।

सामाजिक व्यक्तित्वका रुपमा वावुलाल टुडु, सुभाषचन्द्र सिंह राजवंशी, धनपति उप्रेती, चन्द्रप्रकाश योङ्हाङ्ग, राम प्रसाद गणेश, उत्तम कुमार सुवेदीलाई सम्मान गरिएको थियो । यता एकल महिला सीता पाठकलाई सम्मानसमेत गरिएको थियो ।श्रष्ठा सम्मान तर्फ चिरञ्जिवी काफ्ले, विनोद विवश, केशव आचार्य, पवन राजवंशी, विष्णु भट्टराईलाई समेत सम्मान गरिएको थियो ।

त्यस्तै वाह्रदशी निवासी सिवराम लिम्बूलाई आविश्कारकका रुपमा सम्मान गरिएको थियो । त्यस्तै उत्कृष्ट नृत्यकारका रुपमा स्वीकृति सुवेदीलाई सम्मान गरिएको थियो । यता संस्थागत सदस्यता ग्रहण गर्नेलाई समेत सम्मान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर