एमालेको चुनावी गीत ‘सूर्यमा भोट’ सार्वजनिक (भिडियो सहित) — OSNepal

एमालेको चुनावी गीत ‘सूर्यमा भोट’ सार्वजनिक (भिडियो सहित)

LC (KTM) October 23, 2022 0

नेकपा एमालेको चुनावी गीत सूर्यमा भोट जिताउन एमाले सार्वजनिक भएको छ । आसन्न मंसिर ४ गते हुने प्रतिनिधीसभा तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गरेर गीत सार्वजनिक गरिएको हो । गीतमा अर्घाखाँची जिल्लाका नेकपा एमालेका उम्मेदवारहरुलाई जिताउन आग्रह गरिएको छ ।

नेकपा एमाले अर्घाखाँचीमा प्रतिनीधि सभा तर्फ टोपबहादुर रायमाझी उमेद्वार रहेको छन् भने लुम्बिनी प्रदेश सभातर्फ (क)बाट चेत नारायण आचार्य र (ख) बाट रामजीप्रसाद घिमिरे रहेका छन् ।

भिडियोमा बिगत १५ बर्षमा अर्घाखाँची जिल्लामा टोपबहादुर रायमाझीले गरेका कामहरुलाई जनतामाझ प्रष्ट हुने गरी देखाईएको छ । बिकासको नाममा अरबौं रुपैया ल्याएर सालझण्डी ढोरपाटन मोटरबाटो निर्माण गरिएका, धेरै पुल तथा नहर बनेका, नयाँ एयरपोर्ट बन्दै गरेको, हरेक वाडमा बाटा पुगेको जस्ता बिकासका गतिबिधी समेटिएको गीत सार्वजनिक भएको हो ।

गीतमा रामजी पौडेल र बसन्ता खनालको स्वर रहेको छ भने शब्द लिला जिसी र लय रामजी पौडेलको रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर