बलिउड अभिनेता अमिताभ बच्चन र डेनीले गाए नेपाली टोपीमा सजिँदै ‘केटीको’ गीत — OSNepal

बलिउड अभिनेता अमिताभ बच्चन र डेनीले गाए नेपाली टोपीमा सजिँदै ‘केटीको’ गीत

LC (KTM) October 23, 2022 0

काठमाडौं । नेपालमा छायांकन भएको बलिउड फिल्म उचाइको नयाँ गीत ‘केटीको’ सार्वजनिक भएको छ । सार्वजनिक गीतको भिडियोमा अमिताभ बच्चन, डेनी डेनजोङ्पा, बोमन इरानी र अनुपम खेर नेपाली टोपीमा सजिएर नृत्य गरिरहेका छन् ।

नेपाली शब्दमै केटीको बोलको गीत बुनिएको छ । गीत अत्यन्तै सुन्दर बनेको छ । ढ्यौंली उमेरका चार साथीहरु सगरमाथा क्षेत्रको भ्रमणका लागि नेपाल आएको सन्दर्भमा यो गीतको छायांकन गरिएको हो ।

नेपालमै छायांकन भएकाले पनि नेपाली दर्शकमाझ फिल्मलाई लिएर प्रतीक्षा छ । फिल्म नेपाली नायिका परमिता राण सहित बलिउड नायिका परिणती चोपडाको अभिनय रहेको छ । फिल्मलाई सुरज वर्जत्यले निर्देशन गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर