सान्नानी रिमेकको अपार सफलतापछि गायक बाबु बोगटीको सान्नानी २ सार्वजनिक — OSNepal

सान्नानी रिमेकको अपार सफलतापछि गायक बाबु बोगटीको सान्नानी २ सार्वजनिक

Bibek Karki October 23, 2022 0

सान्नानी तिमीलाई रिमेकको अपार सफलतापछि गायक बाबु बोगटीको नयाँ गीत सान्नानी २ बजारमा सार्वजनिक भएको छ । राजधानीका भिन्न भिन्न रमणीय स्थानहरुमा २ दिन लगाएर छायांकन गरिएको भिडियोमा प्रहिल कार्कीको निर्देशन र बाबु बोगटी, नंदिता केसी फिचर्ड छन् । माधव बेलबासेको सम्पादन रहेको भिडियोको छायांकन उत्तम हुमागाईले गरेका हुन् ।

वि.सं. २०६१ सालमा सार्वजनिक भएको ‘सान्नानी’ गीत त्यसबेला निकै चर्चित भएको थियो । यो गीतबाटै गायक बोगटी सांगीतिक क्षेत्रमा स्थापित हुनुभएको थियो । ओरिजिनल भर्सनको भिडियोमा बाबु र नन्दिता केसीको अभिनय रहेको थियो भने निर्देशन आलोक नेम्बाङले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर