व्यबसायी कर्णले गरे बिपन्नलाई १ लाख ६० हजार बढिको खाद्यन्न सहयोग — OSNepal

व्यबसायी कर्णले गरे बिपन्नलाई १ लाख ६० हजार बढिको खाद्यन्न सहयोग

LC (KTM) June 28, 2021 0

धरान-आपतमा सरकार भन्दा जनता नै सहयोगी भुमिकामा सक्रिय छन् । निजि ब्यवसाय तथा समाजसेवीहरुको सहकार्यमा समस्यामा परेकाहरुलाई राहत बितरण यतिबेला धमाधम भैरहेको छ । यस्तैमा सुन्दरहरैचा मोरङमा १ सय बिपन्न परिवारलाई राहत बितरण गरिएको छ । धरान १ का पुराना निर्माण ब्यवसायिको रुपमा परिचीत कर्ण बहादुर श्रेष्ठले सो कार्यमा सहयोगी भुमिका खेलेका हुन् ।

उनले आफ्नो नव दुर्गा स्टोन क्रसर प्रालीका तर्फबाट १ लाख ६१ हजार ५ सय ५४ रुपैयाँ नगद सहयोग गरेका थिए । सो रकमबाट होप धरानको सहजीकरणमा १ सय बिपन्न परिवारलाई राहतको रुपमा खाद्यन्न सामग्री बितरण गरिएको हो । २ हजार ५ सय २५ केजि चामल, १६ कार्टुन तेल,१६० केजि दाल र २ केजि झोला बितरण गरिएको हो । राहत बितरण कार्यक्रमद्वारा सहयोगीदाता ब्यवसायी श्रेष्ठलाई होप धरानले सम्मान समेत गरेको थियो ।

खाद्यन्न बितरण कार्यक्रममा सुन्दर हरैचा मोरङ्गका उपमेयर धनमाया तामाङको प्रमुख आतिथ्यता रहेको थियो भने वार्ड नम्बर-६ का वार्ड अध्यक्ष जीवन कुमार राईको विशेष उपस्तिथिमा रहेको थियो ।

साथै वडा सदस्य टुना कुमारी बिक र कृष्ण प्रसाद चापागाईं, पुष्पान्जली टोल बिकासका अध्यक्ष गिता राई, माइती नेपाल सुन्दरहरैचा नगर सन्जालका सन्योजक नारायणी भण्डारीले खाद्यन्न बितरणमा बिशेष सहकार्यको भुमिका निर्बाह गरेका थिए । यस्तै कार्यक्रममा समाजसेबी मातृका ढकाल, हरि श्रेष्ठ र लक्ष्मी सिग्देलको समेत उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर