अभिनेत्री पूजा हेगडेले साउथ फिल्ममा लिएको पारिश्रमिकको चौतर्फि चर्चा — OSNepal

अभिनेत्री पूजा हेगडेले साउथ फिल्ममा लिएको पारिश्रमिकको चौतर्फि चर्चा

LC (KTM) June 28, 2021 0

काठमाडौं-बलिउड फिल्ममा पनि लगातार काम गरिरहेकी पूजा हेगडेको साउथ फिल्ममा पनि व्यस्तता बढाएकी छन् । केही समय अगाडि अभिनेता प्रभाससँग फिल्म ‘राधे श्याम’ मा काम गरेकी उनले तमिल सुपरस्टार थलापति विजयसँग फिल्म ‘बिस्ट’ मा काम गर्ने भएकी छन् । यो फिल्मका लागि उनले चार करोड पारिश्रमिक लिएको बताइएको छ । यसअघि उनले तीन करोड लिएर फिल्ममा काम गर्ने गरेकी थिइन् ।

साउथ इन्डस्ट्रीमा चार करोड पारिश्रमिक बुझ्ने अभिनेत्रीमा केही नायिकाम मात्र पर्छन् । थलापति विजयले भने एक फिल्मका लागि सय करोड पारिश्रमिक लिने गर्छन् ।तमिल फिल्म ‘मुगमोदो’ बाट करिरको सुरुवात गरेकी उनले बलिउडमा भने ‘मोहेन्जोदारो’ बाट डेब्यु गरेकी थिइन् । चाँडै बलिउड सुपरस्टार सलमान खानसँग फिल्म ‘कभी ईद कभी दीवाली’ मा उनले काम गर्ने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर