राष्ट्रियसभा सदस्य भुसालबाट एमाले पार्टी परित्यागको घोषणा — OSNepal

राष्ट्रियसभा सदस्य भुसालबाट एमाले पार्टी परित्यागको घोषणा

LC (KTM) June 28, 2021 0

काठमाडौँ १४ असार । नेकपा एमालेका नेता तथा राष्ट्रियसभा सदस्य बेदुराम भुसालले एमाले परित्यागको घोषणा गरेका छन् । नेता भुसालले हिजो आइतबार संसद सचिवालयका महासचिवलाई पत्र मार्फत यसको जानकारी गराएका थिए ।

उनले पत्रमा लेखेका छन् , सर्वोच्च अदालतको २०७७ फागुन २३ को फैसलाले उक्त पार्टीको अस्तित्व समाप्त गरिदिएपछि त्यस पार्टीबाट उम्मेदवार भइ निर्वाचित मसहितका जनप्रतिनिधिहरु दलविहीन अर्थात स्वतन्त्र हुनुपरेको सर्वविदितै छ,तत्पश्चात म नेकपा एमाले वा माओवादी केन्द्र कसैको पनि संसदीय दलको सदस्य नबनी सभाको स्वतन्त्र सदस्यका रुपमा रहेको छु र आगामी दिनमा पनि सभाको स्वतन्त्र सदस्यका रुपमा नै रहन चाहन्छु ।’

साथै पत्रमा उनले आफूले पाउने पारिश्रमिक र अन्य सेवा सुविधाबाट लेबी वा अन्य कुनै पनि दलको खातामा जम्मा नगरिदिन पनि संसदको लेखा शाखालाई आग्रह गरेका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले मलाई राष्ट्रिय सभा सदस्यको उम्मेदवार बनाउँदा नेकपाले दिएको टिकट र निर्वाचन आयोगबाट मलाई राष्ट्रियसभा सदस्यमा निर्वाचित घोषणा गरिएको पत्रका प्रतिलिपि यसैसाथ संलग्न गरेको छु’ पत्रमा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर