मेयर सुनिल प्रजापतिसहितको टोलीबाट गोर्खा इको प्यानलकोे अवलोकन — OSNepal

मेयर सुनिल प्रजापतिसहितको टोलीबाट गोर्खा इको प्यानलकोे अवलोकन

LC (KTM) June 28, 2021 0

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसहितको टोलीले भक्तपुरको हनुमानचास्थित गोर्खा इको प्यानल उत्पादन उद्योगको अनौपचारिक अवलोकन भ्रमण गरेका छन् । भक्तपुर नगरपालिका वडा नं ८ को विकास निर्माणको आवश्यकताबारे वडा नं ८ का वडा अध्यक्ष महेन्द्र खायमलीको टोलीसाथ त्यहाँं पुगेका नगर प्रमुख प्रजापतिले सोही स्थानमा रहेको गोर्खा इको प्यानल उत्पादन उद्योगको अवलोकन भ्रमण पनि गरेका हुन् ।अवलोकनका क्रममा नगर प्रमुख प्रजापतिलगायतका सहभागी टोलीले कारखानको रुचिपूर्वक अवलोनक भ्रमण गर्नुका साथै यसबारे विभिन्न जानकारीहरु लिएका थिए ।

गोर्खा इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ईन्जिनियर सुरेश कवांंले नगर प्रमुख प्रजापतिलगायतको टोलीलाई भ्रमण गराउनुका साथै जानकारीहरु दिएका थिए ।गोर्खा इको प्यानलको प्रयोग भक्तपुर नगरपालिका अन्तर्गतका विभिन्न निर्माणस्थालहरुका साथै नगरपालिका अन्तर्गत सञ्चालित ख्वप इन्जिनियरिग कलेज, ख्वप कलेज अफ इन्जिनियरिंग, ख्व्प कलेज भबनहरुमा पनि प्रयोग भइसकेका छन् । महानगरीय प्रहरी परिसर भक्तपुरको सभा हल, परिसर अन्तर्गतका विभिन्न अस्थायी निर्माण पनि यसको प्रयोग भइसकेकेका छन् । साथसाथै यसैको प्रयोगबाट देशभर सयौं स्कुल कलेज, स्वास्थ्य चौकीहरुको पनि निर्माण पूरा भएका छन् । अहिलेसम्म यसको प्रयोग राष्ट्रपति भबनदेखि सामान्य अस्थायी निर्माणसम्ममा भइसकेका छन् ।

विशेष गरेर महाभूकम्पपछि यसको माग उच्च छ । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म नै ठाउँंठाउँंमा डिलरमार्फत यसको विक्रीवितरण कार्य भइरहेको छ । पछिल्लो पटक कोरोनापछि अस्पताल निर्माण, आइसोलेसन निर्माणमा पनि यसको प्रयोग देशभरि नै भइरहेका छन् । यसको प्रमुख कर्पाेरेट अफिस अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको मध्यपुर थिमि राधेराधे नजिकै रहेको छ ।गोर्खा इको प्यानल बाहिरी तथा भित्री पार्टेशन वालको रुपमा प्रयोग हुने निर्माण सामाग्री उत्पादन कम्पनी हो । यो भूकम्प प्रतिरोधी हुनुका साथै तीव्र निर्माण सम्भब हुने निर्माण सामाग्री हो । कारखानामा पहिला नै बनाएर निर्माण कार्यस्थलमा लगेर जोड्दा मात्रै पुग्ने भएकोले यसको प्रयोगबाट तीव्र निर्माण सम्पन्न हुने भएको हो ।

गोर्खा इको प्यानल स्वदेशी कच्चा पदार्थबाट स्वदेशी कामदारहरुबाटै बनेको नेपाली उत्पादन हो । स्वदेशमै उत्पादित समानको प्रयोग वढीसे वढी हुन सके यसबाट कुल ग्राहस्थ उत्पादनमा पनि टेवा पुग्नसक्ने विश्वास गरिएको छ ।२०७२ सालको महाभूकम्पसँंगै मेरो घर गोर्खा इको प्यानलको भर भन्ने नाराका साथ इन्टरनेशनल ग्रीन डेभलपर्स नेपाल प्रालि अन्तर्गत गोर्खा इको प्यानल उत्पादन हुँंदै आएको हो । यो नेपालमै पहिला पल्ट उत्पादित इको प्यानल हो । यो आईएसओ ९००१ः२०१५ चिन्ह प्राप्त निर्माण सामाग्री कम्पनी हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर