भारतीय गायक रोशनले फेरी सार्वजनिक गरे अर्को नेपाली गीत, हेर्नुहोस् यो मायाको भिडियो — OSNepal

भारतीय गायक रोशनले फेरी सार्वजनिक गरे अर्को नेपाली गीत, हेर्नुहोस् यो मायाको भिडियो

LC (KTM) October 28, 2022 0

काठमाडौँ । भारतको आसाममा रहेर नेपाली गीत संगीतलाई हृदयदेखि नै माया गर्ने एक संगीतप्रेमी हुन् रोशन पुरी । नेपाली गीत संगीतको अटुट मायाले नै रोशनलाई नेपाल तान्यो र आसामदेखि नेपाल आएर अघिल्लो पटक तिम्रो माया बोलको गीत रेकर्ड गरेका गिरीले फेरी अर्को गीत यो मायाको भिडियो बजारमा ल्याएका छन् ।

उनको बाल्यकालदेखिको एउटा सपना थियो काठमाडौँ आउने र भव्य तरिकाले गीतको सुटिगं गर्ने र त्यसमा आँफु हिरो बन्ने सपना अघिल्लो पटक पूरा गरेका रोशनले हालै सार्वजनिक गरेको यो मायामा सुसान र पंकज क्षेत्रीको अभिनय देख्न सकिन्छ ।

सार्वजनिक गीतमा गायक पुरीकै स्वर, शब्द रहेको भने संगीत भाष्कर निलमको रहेको छ । रोशन स्वयमकै निर्देशन रहेको गीत प्रेम र रोमान्सले भरिएको छ । भिडियोको निर्माण मल्लिका पुरीले गरेकी हुन् । हेर्नुहोस् यो रमाइलो भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर