नेपालमा छायांकन गरिएको फिल्म उचाइको 'अरे ओ अंकल' को भिडियो सार्वजनिक, हेर्नुहोस् भिडियो — OSNepal

नेपालमा छायांकन गरिएको फिल्म उचाइको ‘अरे ओ अंकल’ को भिडियो सार्वजनिक, हेर्नुहोस् भिडियो

LC (KTM) October 28, 2022 0

काठमाडौं, कात्तिक ११ । बलिउड फिल्म ुउचाइु को नयाँ गीत सार्वजनिक भएको छ। अभिताभ, बोमन, अनुपम, परिणितीसँगै डेनी डेन्जोङ्पा, नीना गुप्ता र सारिका हसन जस्ता स्टार रहेका र नेपालमा छायांकन गरिएको बलिउड फिल्म उचाइ को नयाँ गीत अरे ओ अंकल बोलको गीत शुक्रबार सार्वजनिक गरिएको हो।

सार्वजनिक गीतमा दिव्य कुमार र देवेन्द्रपाल सिंहको स्वर रहेको गीतमा इर्साद कमिलको शब्द र अमित त्रिवेदीको संगीत छ। बुढेसकालमा हिमाल चढ्न चाहने अमिताभ बच्चन, अनुपम खेर र बोमन इरानीलाई शारीरिक व्यायाम गरिरहेको दृश्य निकै रमाइलो छ ।

अमिताभ बच्चन उपस्थित नहुँदा उनको डमी कलाकार प्रयोग गरिएको थियो भने भने मुम्बईमा मा अमिताभले नै अभिनय गरेका छन्। आगामी कात्तिक २५ गतेदेखि प्रदर्शन हुन लागेको फिल्म राजश्री प्रोडक्सनले निर्माण गरेका हुन् भने फिल्मको निर्देशन सुरज वर्जत्यले गरेका हुन्। मनोजकुमार खतोइले छायांकन गरेको फिल्मलाई श्वेता वेंकट म्याथ्यूले सम्पादन गरेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर