बैंकिङ कसुर मुद्दाका फरार प्रतिबादी पक्राउ — OSNepal

बैंकिङ कसुर मुद्दाका फरार प्रतिबादी पक्राउ

LC (KTM) June 28, 2021 0

बाँके १४ असार । बैंकिङ कसुर मुद्दाका फरार प्रतिबादी नेपालगंज उपमहानगरपालिका-१८ कारकादो बस्ने कैलाली टिकापुर घर भएका ३५ वर्षीय महेन्द्र लोहारलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत बाँकेको २०७६ पुस २३ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा ८ दिन कैद र ११ लाख २५ हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनी उपर आवश्यक कारवाहीका भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर