एनआईसी एशिया बैंकको एटिएम तोडफोड गर्दै गर्दा एक जना पक्राउ — OSNepal

एनआईसी एशिया बैंकको एटिएम तोडफोड गर्दै गर्दा एक जना पक्राउ

LC (KTM) June 28, 2021 0

मोरङ १४ असार । बुढीगंगा गाउँपालिका-३ टंकी चोकस्थित एनआईसी एशिया बैंकको एटिएम तोडफोड गर्दै गरेको अवस्थामा सोही ठाउँ बस्ने सुनसरी दुहबि नगरपालिका-९ घर भएका २४वर्षीय मो.ईम्तियाजलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

उक्त बैंकको एटिएम तोडफोड भईरहेको भन्ने खबर प्राप्त हुनासाथ सिआरभी पोष्ट बाँसबारीबाट खटिएको प्रहरीले उक्त एटिएम तोडफोड गर्दै गरेको अवस्थामा उनलाई १ थान ताला फोडन प्रयोग भएको हतौडा, १ थान पेचकस, १ थान छिनो र को.३९ प ४८६४ नम्बरको मोटरसाइकल सहित पक्राउ गरेको हो । उक्त कार्यमा संलग्न सोही ठाउँ बस्ने २५ वर्षीय मो.अनिस हुसेन फरार रहेकोले प्रहरीले खोजी गरिरहेको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर