गणेशको भागी भागीमा गजित, श्रीदेव र सरिताको प्रेम सँघर्ष — OSNepal

गणेशको भागी भागीमा गजित, श्रीदेव र सरिताको प्रेम सँघर्ष

LC (KTM) October 30, 2022 0

काठमाडौं, १३ कात्तिक – अग्रज गायक गणेश थापाका अर्को नयाँ गीत भागी भागी नहिँड…को भिडियो यतिबेला दर्शकमाझ आएको छ । दशैं अघि आफ्नो पछिल्लो गीत बजारमा ल्याएका गायक थापाले फेरी यतिबेला यो नयाँ गीत ल्याएका हुन् । यो गीतको भिडियो बुढासुब्बा डिजिटलबाट रिलिज गरिएको छ ।

आधुनिक÷पप शैलीको गीतलाई सुदन लुईटेलले लेखेका हुन् । जसमा नरेन्द्र प्यासीको संगीत, बिनोद भुजेलको संगीत संयोजन र कुमार केसीको मिक्सिङ तथा रेकर्डिङ छ ।विलक्षण क्रियसनको म्यानेजमेन्टमा तयार भएको यो भिडियोमा अभिनेता द्धय गजित बिष्ट र श्रीदेव भट्टराई, गायिका तथा मोडल सञ्चालकर्मी सरिता भारतीको मुख्य भूमिका छ ।

सरितासँग गजित र श्रीदेवको त्रिकोणात्मक प्रेम कथा जस्तो जेखिने भए पनि यसको कथा फरक रहेको गायक गणेश थापाले बताएका छन् । हास्य प्रधान भिडियोले दर्शकको मन जित्ने उनको कथन छ । भिडियोको बाँकी कलाकारमा सुवास खड्का, रोशनी श्रेष्ठ, आशिष नेपाल र नुर मुहम्मद रहेका छन् ।भिडियोलाई डब्बु क्षत्रीले निर्देशन गरेका हुन् ।

परिवारको सदस्याका कारण प्रेममा आउने समस्या र सँघर्षलाई आफुले यो गीति भिडियोको कथामा उतारेको निर्देशक क्षत्रीले बताए ।चलचित्रका छायाँकार दिब्यराज सुवेदीले यो भिडियोको छायाँकन गरेका हुन् । जसमा प्रिया श्रेष्ठको सृँगार, बीरेन्द्र भाट ‘बिपिन’को सम्पादन तथा रँग संयोजन रहेको छ । सवला थापाले निर्माण गरेको यो गीत र भिडियोले यतिबेला राम्रो प्रतिक्रिया पाएको गायक गणेश थापाले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर