'धनगढीको बसमा २’ सार्वजनिक, दोहोरिइनन् समीक्षा अधिकारी — OSNepal

‘धनगढीको बसमा २’ सार्वजनिक, दोहोरिइनन् समीक्षा अधिकारी

LC (KTM) October 31, 2022 0

काठमाडौं – धनगढीको बसमा २’ रिलिज भएको छ । ‘धनगढीको बसमा २’ स्वरुप ‘लाहुरे झोलाको’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको हो । ‘धनगढीको बसमा’ कै गीतकार नेत्र अर्यालको शब्द, गोविन्द पंगेनीको संगीत रहेको ‘धनगढीको बसमा २’मा अमृत सापकोटा, शान्तीश्री परियार, लक्ष्मी खड्का र सुप्रिम मल्ल ठकुरीले स्वर दिएका छन् ।

गायिका समीक्षा भने ‘धनगढीको बसमा २’मा दोहरिइनन् ।निर्देशक काजिश श्रेष्ठको निर्देशनमा ‘धनगढीको बसमा २’ तयार भएको हो ।भिडियोमा गोविन्द भट्टराई, पूजा रिजाल, कमला घिमिरे, सुप्रिम मल्ल ठकुरी, अमृत सापकोटा, रश्मी भट्ट, खेम नेपाली, ज्योति सिलवाल लगायतको अभिनय छ । राजेश घिमिरेको छायाँकन रहेको भिडियोमा सम्पादन विकास ज्ञवालीको छ ।

गत वर्ष सार्वजनिक लोकदोहोरी गीत ‘धनगढीको बसमा’ निकै लोकप्रिय बनेको थियो । गीतमा अमृत सापकोटा, समीक्षा अधिकारी र कमला घिमिरेको स्वर रहेको थियो । भिडियोले अहिलेसम्म युट्युबमा ३ करोड बढी भ्युज पाइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर