भन्सार छली ल्याएका कम्प्युटर पार्टसहरु बरामद — OSNepal

भन्सार छली ल्याएका कम्प्युटर पार्टसहरु बरामद

LC (KTM) June 28, 2021 0

काठमाडौं १४ असार । भन्सार छली ल्याएका कम्प्युटर पार्टसहरु वीरगञ्ज महानगरपालिका वडा नं।१६ नगवा स्थित ४० फिटे सडक खण्डमा प्रहरीले बरामत गरेको छ ।

सूचना परिचालन तथा प्रहरी कारवाहीको सिलसिलामा मिति २०७८।०३।१४ गते राति १२:१० बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं.१६ नगवा स्थित ४० फिटे सडक खण्डमा ५/७ जना नामथर वतन यकिन नभएका मानिसहरुले भारतबाट भन्सार छली बोकी ल्याइरहेको कम्प्युटर पार्टसहरु- Dell core i5 CPU ४९ पिस र Seagate Company को Hard disk ७८ पिस यस कार्यालयबाट खटी गएको प्रहरी टोलीलाई देख्नासाथ छाडी फरार भएकोमा उल्लेखित कम्प्यूटरका पार्टसहरु वेवारिसे अवस्थामा फेला पारी बरामद गरी अन्दाजी मूल्य रू.१७,००,०००।-( सत्र लाख) मूल्याङ्कन गरी आवश्यक कारवाहीको लागि आजै वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको व्यहोरा सूचित गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर