• २०७८ कार्तिक १ सोमबार

ताजा अपडेट

धेरै पढिएको

नविन न्यूउरेले बरिष्ठ उपाध्यक्षको उम्मेदवारी किन दिए ? (प्रतिबद्दतासहित)

नविन न्यूउरेले बरिष्ठ उपाध्यक्षको उम्मेदवारी किन दिए ? (प्रतिबद्दतासहित)


  • ओएसनेपाल
  • असार १४ २०७८, सोमबार
  • २:२४ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < २ मिनेट
  • 13.5K
    SHARES

    गैरआवासीय नेपाली संघ जापान (एनआरएन ) को अधिवेसन नजिकिदै गर्दा विभिन्न पदमा उम्मेदवारी धोषण गर्ने क्रम जारी रहेको छ । सफल युवा व्यवसायी , समाजिक अभियानता तथा जापानमा लामो अनुभव बटुलेका एक सशक्त युवा नबीन निउरे अहिले खुल्ला मैदानमा उत्रीएका छन् ।

    जापानमा रहेका नेपालीहरुको मनमा बस्न सफल युवा हुन निउरे ।ओएसनेपाल संग कुरा गर्दै नबीनले भने , यो चुनाव मेरालागि भन्दा पनि आम नेपालीहरुलाई जोडेर , सवैको समस्याहरुको सारथी बन्न कै लागि भएको उनको दाबी छ ।अधिवेसन जुलाई २५मा ओसाकामा हुनेछ ।

    न्यूउरेले जारी गरेको प्रतिबद्दताहरु पनि पढौ :

    नमस्कार
    सामाजिक कार्यमा सधै प्रेरीत गर्ने यहाँले गर्दानै म आज सम्म निरन्तर लागीरहेको छु । एनआरएनए अभियानमा जोडीएर क्षेत्रीय समितीमा कार्य गर्दै केन्द्र सम्म आउदा यहाँहरुको सल्लाह सुझाब र सहकार्य अबिश्मरणीय मात्र बनेनन मार्गदर्शन पनि बनेको पाएको छु । यो अभियानमा मेरो उपस्थीतिले युवाहरुलाइ प्रेरणा दिएको महशुस गरेको छु ।
    सदा जस्तै यहाँहरुको साथ सहयोग र सल्लाह अनुसार नै यो अभियानलाइ निरन्तर दिनु पर्छ भन्ने कुरालाइ ग्रहण गर्दै यो पटक (२०२१ २०२३) को लागी बरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिन गइरहेको कुरा यहाँलाइ जानकारी गराउदछु । आज मैले औपचारीक घोषणा पूर्व यहाँलाइ जानकारी गराउदै सहयोगको लागी अनुरोध समेत गर्दछु ।
    यो सस्थामा वर्तमान युवा उपाध्यक्ष भइरहदा यहाँको पाएको साथ सहयोग लागी धन्यवाद ब्यक्त गर्दै बिगतमा जस्तै आगामी कार्यकालमा पनि साथ सहयोग, सल्लाह र सहकार्यको अपेक्षा गर्दछु ।
    भवदिय
    नविन न्यूउरे
    बरिष्ठ उपाध्यक्षको उम्मेदवार

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com

    Site By: SobizTrend