भक्तपुरमा १२ बर्षीया बालिकालाई ब ला त्कार गर्ने ३२ वर्षीय बसन्तलाई सार्वजानिक गर्यो प्रहरीले — OSNepal

भक्तपुरमा १२ बर्षीया बालिकालाई ब ला त्कार गर्ने ३२ वर्षीय बसन्तलाई सार्वजानिक गर्यो प्रहरीले

LC (KTM) June 29, 2021 0

महानगरीय प्रहरी परिसर भक्तपुरले १२ बर्षीया बालिकालाई ब ला त्कार गरेको अभियोगमा एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखा बैतेश्वर गाउँपालिका– ४ घर भइ हाल भक्तपुर नगरपालिका–९ चोखा बस्ने ३२ वर्षीय बसन्त दमाई छन् ।

बालिकाकी आमाले महानगरीय प्रहरी बृत्त जगातीमा किटानी जाहेरी दिएपछि प्रहरीले दमाईलाई आज पक्राउ गरी सार्वजानिक गरेको प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर